Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नेसपाको प्रथम महाधिवेशन सुरू, प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुने

 

काठमाडौं : नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो।

महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपाले निम्त्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, विवेकशील साझाकी अध्यक्ष समीक्षा बाँस्कोटालगायत उपस्थित छन्।

नेसपाको महाधिवेशनमा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुँदै छन्। उनीहरूले ११ पदाधिकारीसहित ९९ केन्द्रीय सदस्य चयन गर्नेछन्।

नेसपाले प्रतिस्पर्धामार्फत नेतृत्व चयन गर्ने तयारी गरेको छ। अध्यक्षमा डा. बाबुराम भट्टराई निश्चित जस्तै भए पनि उनलाई समेत सर्वसम्मत हुन नदिने तयारी दोस्रो तहका नेताहरूको छ।

अध्यक्षका लागि भट्टराईसँग प्रतिस्पर्धा गर्न नेत्र चापागाईंले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनी नेसपाकै विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन्। चापागाईँले शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न आन्दोलन गर्दै आएका छन्।

यसैगरी, महासचिवका आकांक्षी पनि धेरै छन्। वर्तमान प्रवक्ता कृष्ण शर्मा, अन्य नेताहरू जनक शाह, सोनामसिंह स्याङ्तान, जिएस गुरुङ, सुशील रिजाललगायत नेताहरू महासचिव पदका प्रमुख दाबेदार हुन्।

सचिवमा बाबुरामकी छोरी मानुषीले उम्मेदवारी दिने चर्चा छ। यसैगरी, सिर्जना रिजाल पनि सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहे(को बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP