काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मुलुकमा दुई दलीय व्यवस्था शुरु गरेर एकात्मक शासन व्यवस्था सुरुवात गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्।
आइतवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले यस्तो बताएका हुन्। उनले मुलुकमा एकात्मक शासन व्यवस्था लागू गर्ने प्रपञ्च रचिएको उल्लेख गर्दै उक्त जालो च्यात्न जरुरी रहेको बताए। उनले अमेरिका र भारत दुई दल भएर मात्र विकसित नभएको उल्लेख गर्दै यस्तो व्यवस्था स्वीकार्य नहुने बताए। नयाँ शक्तिहरू लोकतन्त्रको गहना भएको उनको भनाइ छ।
उनले नयाँ शक्तिहरू मिलेर सुन्दर नेपाल बनाउने परिकल्पना गरी अगाडि बढ्न जरुरी रहेको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया