Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

बेइमानीविरुद्ध कदम चाल्दा खुट्टा नकमाउन प्रदेश प्रमुख देवकोटाको आग्रह

 

हेटौँडा : बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बेईमानीका विरुद्धको कदम चाल्ने कुरामा खुट्टा नकमाउन पनि आग्रह गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा हेटौँडास्थित कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रदेश प्रमुख देवकोटाले ठूला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा अख्तियारले हातहाल्न हिचकिचाउँछ भन्ने आरोपहरुलाइ खण्डन गरेर काम गर्नुपर्नेमा जोड दिए।

‘सकारात्मक र महशुस गर्न सकिने परिणामजन्य कार्यको लागि हामी परिवर्तन हुन जरुरी छ। अहिलेको युवाजगतमा देखिएको मुख्य निराशा भनेको कार्यसम्पादनमा देखिएको सुस्तता हो, ’प्रमुख देवकोटाले भने, ‘यसले परिणाममुखी सोच राख्ने सबैलाई निराश बनाउँदछ।’

जनताको निराशा चिर्दै भ्रष्टाचारको विरुद्ध खरो उत्रिएर जनताको विश्वास जित्न सक्नुपर्ने उनको भनाइ छ। प्रदेश प्रमुख देवकोटाले आफ्नो अख्तियारीलाई दुरूपयोग गरी देश, जनता र सुशासनको विरूद्व नैतिकता र कानुनविपरीत जाने जो कोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही प्रक्रियामा अघि बढाउनुपर्ने बताए।

यसैगरी, कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले देश विकासको आधार नै भ्रष्टाचाररहित सरकार भएको बताए। लामिछानेले प्रदेशको विभिन्न जिल्लाहरुमा बढ्दै गएको भ्रष्टाचार जन्य अपराधलाई अनुसन्धानको घेरामा राखी न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकार लागि परिरहेको बताए।

भ्रष्टचारको अंक दिन प्रतिदिन बढिरहेकोले यसको अन्त्य गर्ने जिम्मेवारी अख्तियारको मात्र नभई सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत भएको उनको भनाइ छ। मन्त्री लामिछानेले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारको लागि अघि बढिरहेको दाबी गरे।

नीति निर्माण, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शीता र निष्पक्षता कायम गर्न सरकार कटिबद्ध रहेको समेत उनले बताए बताए।

यस्तै, कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले देशमा जिम्मेवारी पदमा रहेका पदाधिकारी वा मन्त्रालय विभागहरुले भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहन नगरी कानुनको दायरामा अनुसन्धान गरी अघि बढाउनुपर्ने बताए। सचिव पन्थले सुशासन कायम गरी संवैधानिक दायरा अनुसार आ–आफ्नो अधिकारी क्षेत्रभित्र रहेर जनताको विभिन्न हितको लागि कानून संवत् ढंगबाट अघि बढे मात्र भ्रष्टाचारको स्तर निकै घट्नसक्ने बताए।

स्थापना दिवसको अवसरमा कार्यालयले अख्तियार सेवा पुरस्कारबाट ४ जना कर्मचारीलाई नगद सहित सम्मान गरेका थिए।

सम्मान हुनेमा कार्यालयमा कार्यरत शाखा अधिकृत इन्द्रप्रसाद भट्टराई, नायव सुब्बा यमुना बस्नेत, प्रहरी निरीक्षक स्वागत पोखरेल र सहायक प्रहरी निरीक्षक वीरेन्द्र कार्की छन्।

कार्यक्रममा अख्तियारका कार्यालय प्रमुख उमाकान्त आचार्य, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामा लगायतको आतिथ्यता थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP