Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रादेशिक आमसञ्चार विधेयक सहमतिमै पारित हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमतिमै पारित हुने बताएका छन्। विधेयकमाथि पर्याप्त छलफल गर्नेसमेत उनको भनाइ थियो।

विराटनगरमा आज प्रेस चौतारी कोशी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेश भएको प्रादेशिक सञ्चार विधेयकमा कमि कमजोरी भए सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री कार्कीले अहिले अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको समेत आरोप लगाए। ‘सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरुले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो। उनले भने सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न्।’

यस अघिका सरकारहरु र प्रदेश सरकारहरुले पनि अध्यादेश ल्याउने गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरुले अनावश्यक रुपमा विधेयकहरुको विरोध गर्न नहुने बताए।

यसै गरी कोशी प्रदेशको विकासका प्रदेश सरकारले विभिन्न योजनाहरु सुरु गरिएको बताउदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन विकासका लागि विभिन्न पदमार्गहरु निर्माणको काम सुरु गरिएको जानकारी दिए।

प्रदेश सरकारले २९ वटा पालिका जोड्ने गरीको ४ वटा पदमार्ग निर्माणको काम सुरु दातृ निकायसँगको सहकार्यमा सुरु गरेको जानकारी दिए। पछिल्लो समयमा विकास निर्माणको क्रम बढेको बतउदै उनले नयाँ सत्ता समिकरण बनेपछि सकारात्मक परिवर्तनहरु देखिन थालेको दाबी गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP