Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एमाले कपिलवस्तुको ‘जरा केन्द्रित अभियान’ : हरेक घर घरमा पुग्ने तयारीमा

कपिलवस्तु ।
नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तु जिल्लामा जरा केन्द्रित अभियान मार्फत हरेक घर घरमा पुग्ने तयारीमा जुटेको छ । पार्टि जिल्ला कमिटिको द्रोस्रो बैठकले पार्टिलाई हरेक मतदाताको घरघरमा जोड्ने गरि ३ महिना सम्म अभियान संचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा सम्वोदन गर्दै प्रमुख अतिथि पार्टि केन्द्रीय सदस्य तथा भुमि व्यवस्था तथा सहकारी मन्त्रि बलराम अधिकारीले पार्टिलाई माथी पुर्याउन कामका जिम्मेवारीलाई लिनुपर्ने बताए । कपिलवस्तुलाई केन्द्रले हेर्ने नजर पहिलेको तुलनामा धेरै फरक भएको बताए । जिल्लाले केन्द्रमा आफ्नो विश्वास राख्न सक्ने भएकाले त्यसलाई कायम राख्न जरुरी रहेको बताए । फरक प्रंगमा बोल्दै अधिकारिले जनता सङ बोलेको कुरा पूरा गर्ने बेला बिरोध गर्न नमिल्ने बताए । चुनावका समयमा जनतालाई भुमी सम्बन्धि समस्या समाधान गर्छु भन्दै भोट लिने अहिले विधेकको विरोध गर्न नमिल्ने बताए । भुमिहिन सुकुम्बासीलाई जग्गा सरकारले दिने कुरामा विश्वस्त रहन आग्रह गरे । अव्यवस्थित बसोबास गरिरहेका जनतलाई हटाउन नसकिने हुदा केही कर लिएर यसको व्यवस्थापन सरकारले गर्ने बताए ।

बैठकमा जिल्ला ईन्चार्ज गिरिधारीलाल न्यौपानेले नेकपा एमालेले गरेका काम जनताका बिचमा राखेर जनतलाई सोध्यो भने पनि जनताले खुलेरै भन्न सक्ने हुदा एमालेलाई सिध्याउन खोज्ने गिरोह सफल नहुने बताए । एमालेलाई गरिब जनता संगको सवाल भएको हुदा यसले जनताको हितमा निरन्तर काम गर्दै आएको छ । अहिले एमालेले भुमि सम्बन्धी समस्या समाधान गर्यो भने पुन जनता एमालेमय हुने हुदा यसको विरोधमा लागेको बताए । उनले जनतालाई आलोचना गरेर होइन जनताको राम्रो कामको प्रशम्सा गरेर जनतालाई एमाले बए बनाउन सके ८४ मा चुनाव जित्न सकिनेमा जिकिर गरे ।

केन्द्रिय सदस्य सुशील कुमार श्रिवातस्वले एमाले नेतृत्वको सरकारले गरेका राम्रो कामको प्रचार भएको बताउनु भयो । पार्टि केन्द्रीय निर्वाचन आयोग सदस्य झविलाल प्रोख्रेलले भुमिहिनका समस्या समाधानमा लागि पार्टिले गरेका योगदानको चर्चा गर्नु भएको थियो । प्रदेश सदस्य डम्मर शर्माले अभियानले जनता सँग अन्तरकृया गरि रचनात्मक सुझाव ग्रहण गरि लागू गर्ने बताउनु भयो ।

दोस्रो बैठकले फागुन ७ गते विजयनगरमा हुने जिल्ला स्तरीय प्रशिक्षणमा जिल्ला कमिटि, पालिका कमिटिका पदाधिकारी र जन संगठनका जिल्ला पदाधिकारी र सो भन्दा उपल्लो कमिटिलाई सहभागी गराउने निर्णय भएको जिल्ला अध्यक्ष बाबुराम खनालले बताउनु भयो ।

एमाले जिल्ला सचिव सिबि गहतराजले जिल्ला कमिटिमा २८ जना सदस्य मनोनित गरिएको बताउनु भयो । बैठकमा १० पालिकाका अध्यक्षले वडा तथा टोल कमिटि गठन भएको रिपोटिङ गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP