काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न सोध्ने सांसदलाई नै प्रतिप्रश्न गरेका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा पूर्वमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रश्न सोधेका थिए।
सांसद ज्वालाले विगतमा प्रधानमन्त्री ओलीकै पालामा तामझामका साथ शिलान्यास गरिएको रणनीतिक सडकहरू र हरेक पालिकामा शिलान्यास गरिएका अस्पताल बजेटका भावमा अलपत्र रहेको विषयमा प्रश्न सोधेका थिए।
त्यसपछि जवाफ दिने क्रममा प्रधानमन्त्रीले भौतिक पूर्वाधारमन्त्री रहेका वेला ज्वालाले नै कार्यक्रम रद्द गरेको भन्दै प्रतिप्रश्न गरे। ‘अघिल्लो कार्यकालमा निर्वाचन क्षेत्र रणनीतिक सडक र हरेक पालिकामा आधारभूत अस्पतालको आवश्यकता महसुस गरी सोको निर्माण सुरु गरिएको थियो। तर त्यसपछि म सरकारबाट बाहिरिएँ। त्यसपछिको सरकारले निरन्तरता दिएन र निर्माण कार्य रोकियो’, उनले भने, ‘प्रश्नकर्ता माननीय म पछिको सरकारमा भौतिक पूर्वाधारमन्त्री हुनुहुन्थ्यो क्यारे। कार्यक्रम रद्द गर्नेले फेरि किन पूरा भएन भनेर सोध्ने, प्रगति सोध्ने र प्रश्न गर्ने अनौठो संस्कार छ।’
प्रधानमन्त्री ओलीले ती सबै सडक र अस्पताल निर्माण गर्न ठूलो बजेटको आवश्यकता रहेको भन्दै त्यसको व्यवस्था भएपछि अघि बढ्ने बताए। साथै केही त पूरा भइसकेको दाबी पनि गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया