Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रभु साहको प्रश्नमा प्रधानमन्त्रीले दिएनन् जवाफ, आक्रोशित हुँदै घुरेर हेरे

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍मा एक सांसदले सोधेको प्रश्नको जवाफ दिएनन्। सांसद प्रभु साहले सोधेको प्रश्नमा प्रधानमन्त्रीले उल्टै आक्रोशित हुँदै प्रतिप्रश्न गरे।

आइतबारको प्रतिनिधिसभामा १० सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। अन्तिममा साहले ७० लाखभन्दा बढी युवाहरू वैदेशिक रोजगारीमा रहेको तथ्यांक पेस गर्दै देशबाट पलायन भइरहेका उनीहरूलाई रोक्न नसकेको, दुईतिहाइको सरकार भए पनि अध्यादेश पास गर्न हम्मे परेको, विकास निर्माणका काम अस्तव्यस्त रहेको लगायतका विषयमा प्रश्न गरेका थिए।

तर प्रधानमन्त्रीले त्यसको जवाफ दिनुको साटो उल्टै प्रतिप्रश्न गरे। ‘उहाँ (प्रभु साह)का प्रश्नहरू उहाँका भावनामा रहेका विरोध घृणा, आक्रोश र अपमानजनकसमेत छन्’, आक्रोशित हुँदै उनले भने, ‘संसद् जस्तो गरिमामय ठाउँमा यस्तो भाषा के हो? विदेश युवा पठाएर, के म मेनपावर कम्पनीको मान्छे हुँ? तपाईँले भनेको ७० लाख युवा यो सरकार बनेपछि ७/८ महिनामा गएका हुन्?’

त्यसपछि जुरुक्क उठेर सांसद साहले पूरक प्रश्न गर्न खोजे। तर सभामुख देवराज घिमिरेले उनलाई रोके। सभामुखले पनि चर्कै स्वरमा अगाडि नै आफूले प्रधानमन्त्रीसँग सवालजवाफ नहुने कुरा स्मरण गराए। त्यसपछि साहले आशनग्रहण गरे।

प्रधानमन्त्री ओलीले जवाफलाई निरन्तरता दिँदै प्रश्नसँगै जवाफ पनि रहेको भन्दै थप प्रश्न पार्न आवश्यक नरहेको बताए। ‘माननीयजीले गर्नुभएको प्रश्नहरूमा खासै जवाफ दिइरहनुपर्ने छैन। सबैको उत्तर आफैले बोकेर आउनुभएको छ प्रश्नमा। त्यसकारण मैले खासै उत्तर दिइरनु परेन।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP