Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

कपिलवस्तुमा कोरोना सम्बन्धी अभिमुखिकरण सम्पन्न

कपिलवस्तु

स्वास्थ्य कार्यलय कपिलबस्तुको आयोजनामा कोरोना सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । कार्यक्रममा जिल्लामा बढ्दो संक्रमण, बन्दा बन्दीका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रभावका बिषयमा जिल्लाका १० वटै स्थानिय तहका स्वास्थ्य शाखाका संयोजक, जिल्ला प्रशासन कार्यलय तथा जिल्ला समन्वय समितिको अन्तरक्रियात्मक छलफल तथा एकिकृत योजनाको बिषयमा छलफल भएको थियो ।

स्वास्थ्य कार्यलयका बरिष्ठ जनस्वास्थ्य प्रशासक योगेन्द्र भगतको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रमको शहजीकरण कपिलबस्तु जिल्ला कोभिड फोकल पर्सन कुमार थापा, उमेश पौडेलले गर्नु भएको थियो । कोरोना भाइरसका कारण पोषण लगायत अति आवश्यक अन्य स्वास्थ्य सेवामा परेको प्रभाव र समाधानका लागी रणनितिक उपायहरुको बिषयमा छलफल भएको थियो ।

कोरोना भाइरसबाट सुरक्षित रहन सक्ने उपाय तथा संक्रमण भैहालेको खण्डमा के के सावधानी अपनाउनु पर्छ भन्ने बिषमा प्रकाश पार्दे अब उपचारात्मक मात्र नभइ रोकथामको परिप्रेक्षबाट समुदायमा जनचेतना बढाउनु पर्ने आवश्यकता रहेको औल्याईको थियो ।
जिल्लाको पछिल्लो अवस्था, चुनौतीका बारेमा जानकारी गराउदै प्रशिक्षक उमेश पौडेलले पालिका स्तरमा रहेको ऋक्ष्ऋत् (Case Investigation and contract tracing) युनिट गठन गर्नु पर्ने र गठन भएका स्थानहरुका पनि सक्रिय हुनु पर्नेमा जोड दिनु भयो । अन्तर पालिकाका राम्रा अभ्यासहरुको आदान प्रदान समेत भएको थियो ।

कार्यक्रम युएआइडि को सहयोगमा कालिका स्वालम्वन सामाजिक केन्द्र संचालित शुआहारा दोश्रो कार्यक्रमको आर्थिक सहयोगमा ब्यवस्थापन गरिएको थियो । उपस्थित सहभागीहरुलाई “समुदाय सहभागितामा आधारित कोरोना भाईरस रोग (कोभिड १९) सम्बन्धि अभिमुखिकरण श्रोत पुस्तिका २०७७ ” उपलब्ध गराई समुदाय स्तरमा लैजानका लागी १० वटै पालिकामा महिला स्वास्थ्य स्यंसेविकाहरुलाई समेत अभिमुखिकरण संचालन गरिने कालिका स्वालम्वन सामाजिक केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापाले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP