Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानविन होस्ः सांसद विश्वकर्मा

 

काठमाडौं : राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउका छन्।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायको लागि नेपाली विद्यार्थीले आन्दोलन गर्दा अनुसन्धान गर्नुको साटो उल्टै उनीहरूलाई कलेज र होस्टेलबाट निकाएलिएको भन्दै दुःख व्यक्त गरे। उनले प्रकृति लम्सालले आफूमाथि दुर्व्यवहार भइरहेको रिपोर्ट गरेको भए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गर्दा यस्तो घटना भएको बताए। उनले उक्त घटनाम संलग्न अपराधीलाई उम्किने छुट नदिन सरकारको ध्यानाकर्षण गराए।

उनले नेपाली विद्यार्थीमाथि भएको ज्यादतिमा पहल गर्न समेत सरकारसँग माग गरे।

सांसद मदनकुमारी शाह गरिमाले ओडिसा घटनाले नेपालको मन अपमानको आगोमा जलिरहेको बताए। उनले ओडिसा घटनामा नेपालले एउटा सुन्दर सपना देखेको सक्षम युवा गुमाएको बताए।

विश्वविद्यालयले घटनाको छानविन गर्नुको सट्टा आफ्नो इज्जत जोगाउन विज्ञप्ति निकालेको भन्दै आपत्ति जनाए। यस घटनाको सत्यतथ्य छानबिन गर्न कूटनीतिक पहलका लागि नेपाल सरकारको ध्यानार्काण गराए।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले ओडिसा घटनाको सत्यतथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई रातारात निकाल्ने र दुर्व्यवहार गर्ने सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्ट्रारले जनाएका छन्।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP