Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

वडासचिवलाई कुटपिट गर्ने वडा अध्यक्षलाई कारबाही गर्न माग

 

काठमाडौं : राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेको थिए। उनले रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेको समेत बताए। उनले कुटपिट गरिएको प्रति घोर आपत्ति जनाउँदै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरे।

उनले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए। उनले सरकारले घटनाबारे आवश्यक अनुसन्धान गरी नेपाली विद्यार्थीलाई अलपत्र पार्ने काम गरेको विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न कूटनीतिक पहल गर्न माग गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP