Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

महिला अधिकारका मामिलामा अरूभन्दा कांग्रेस नेतृत्वकाे भूमिका फरक र दह्राे हुनुपर्छ : पुष्पा भुसाल

 

जनकपुरधाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख पुष्पा भुसालले कांग्रेस जनप्रिय पार्टी रहेको हुँदा नेताहरू पनि जनप्रिय बन्नुपर्ने बताएकी छन्। कांग्रेस मधेश प्रदेश कार्यालय जनकपुरधाममा मंगलवार आयोजित महिला नेतृत्व, अवस्था, अवसर र चुनौती विषयक अन्तरसंवादलाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन्।

नेपालको संविधान र कांग्रेसकाे विधान प्रदत्त महिलाहरूको पहिचान र अधिकारलाई अन्य दलभन्दा फरक ढंगबाट विश्लेषण गरेर नेतृत्व गर्ने नेताहरूको भूमिका दह्राे हुनुपर्नेमा भुसालले जोड दिइन् । क्रान्तिको भूमि मधेश प्रदेश रहेको हुँदा जबजब नेपालमा संकट पर्दछ तबतब मधेशका महिलाहरू पनि पुरुषको काँधमा काँध मिलाएर आफ्नो दह्राे भूमिका निर्वाह गर्दै आएको हुँदा महिला नेतृत्वलाई अवसर प्रदान गरिएमा संगठन बलियो हुने विश्वास व्यक्त गरिन्।

महिला विभाग प्रमुख भुसालले भनिन्, ‘हामीले प्राप्त गरेको हक र अधिकारलाई नेपाली कांग्रेसले कति दियो‚ त्यसको विश्लेषण गर्नुपर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा मैले लिएकी छु। यो महिलाको मात्रै नभई समग्र पार्टीको कार्यक्रम हो। आम महिलालाई अघि बढाउनका लागि नेपाली कांग्रेसको नेतृत्व वर्गले साेच्नुपर्छ।’ उनले जनताको विषय वस्तुलाई सही समयमा उठाएर समाधान गराउनुपर्ने बताइन्।

कांग्रेसले क्रान्ति गर्दाखेरी मधेश प्रदेशको वीरगञ्जबाट सुरु गरेकाे हुँदा मधेश प्रदेशको भूमिकाअविस्मरणीय रहेको चर्चा गर्दै मधेशका महिलाहरूले प्रजातन्त्र र लोकतन्त्रका लागि आहुति दिएको बताइन् । उनले भनिन्, ‘मधेशका महिला सांसद बन्छु, मन्त्री बन्छु, प्रधानमन्त्री बन्छु भनेर आन्दोलन गरेका होइनन्, विकास समृद्धि र लोकतन्त्रको लागि आन्दोलन गरेका थिए।’

भुसालले लोकतान्त्रिक मूल्य मान्यताका लागि हामी संगठनलाई बलियो बनाउनुपर्नेमा जाेड दिइन् । अब कांग्रेसको काँधमा देशको जिम्मेवारी ल्याएर लोकतन्त्रको जगलाई बलियो बनाउनु पर्ने उनकाे भनाइ छ।

सो कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि‚ नेताहरू महेन्द्र यादव, मधेश कांग्रेसका प्रचार प्रसार विभाग प्रमुख नीतशकुमार गुप्तालगायतकाे उपस्थिति थियाे।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP