Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

नेपालका भाषा जोगाउन आवश्यक : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भएका भाषाहरू जोगाउनु आवश्यक रहेको बताएका छन्।

शुक्रवार काठमाडौँमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भाषाहरू नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताए।

उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरूको संरक्षण र संवर्धन गर्नु रहेको बताए। उनले भाषा आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरूको अभिभावकत्व लिएर भाषाको संरक्षण र प्रवर्धन गर्न जरुरी रहेको बताए। उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानुन मन्त्रालयमा पुगेको उल्लेख गरे।

मन्त्री पाण्डेले भने, ‘भाषाहरू जोगाउनु नै हाम्रो प्रमुख चुनौती हो। जो भाषामा कोही पनि छैनन्। जसको सहारा कोही पनि छैनन्, ती भाषा जोगाउने काममा यसको सहारा म हुँ, अभिभावक म हुँ, मैले जोगाउँछु भनेर भाषा आयोगले काम गर्नेछ। त्यसका लागि आवश्यक ऐन, कानुन बनाउने सन्दर्भमा मन्त्रालयका तर्फबाट तत्परता देखाउनेछु।’

मन्त्री पाण्डेले भाषा दशकको बारेमा भाषा आयोग, युनेस्को र मन्त्रालय बसेर काम गर्नुपर्ने बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP