Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

श्रीमती पाल्ने हुती थिएन, डेरा नपाएपछि घरज्वाइँ बसेँ : ओली

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विगतमा घरज्वाइँ बसेको बताएका छन्।

श्रीमती राधिका शाक्यको पुस्तक ‘करुणा’ लोकार्पण समारोहमा शनिबार बोल्दै ओलीले विगत सम्झिएका हुन्। उनले बिहे गर्ने बेला आफूसँग एउटी श्रीमती पाल्ने अवस्था पनि नरहेको बताए।

‘त्यतिबेला एउटी श्रीमती पाल्ने अवस्था पनि थिएन। धाक लाउने ठाउँ थिएन। म पाल्न सक्दिनँ । पाल्न सक्ने हुती भएको मान्छे म होइन। मैले सही कुरा खुलस्त भन्ने गर्छु। त्यतिबेला पनि त्यसैगरी भनेको हुँ।’ ओलीले भने।

गृहमन्त्री भएपछि बसिराखेको कोठा छाडेको र मन्त्री पदबाट हटेपछि काठमाडौंमा डेरा पाउन नसकेको उनले सुनाए। त्यसपछि घरज्वाइँ बसेको उनले स्मरण गरे।

‘गृहमन्त्री भइयो। बसिरहेको कोठा छाडेर मन्त्री क्वार्टर गइयो। हट्न पर्‍यो त्यहाँबाट त्यसपछि कतै कोठा पाइएन। सालो ज्ञानेन्द्र शाक्यले डेरा भेटिएन भिनाजु दुई चार दिन हाम्रैमा बसौं अनि विस्तारै कोठा खोजौँला भनेपछि म गएँ ।’ ओलीले भने,‘साथीभाइले सोध्न थाले कहाँ बस्नुभएको छ? भनेर, कतिलाई भन्ने? अनि मैले भने घरज्वाइँ बसेको छु। त्यसपछि मान्छेले सोध्नै छोडे। कतिपय मान्छेलाई घरज्वाइँ बसेको भन्दा हीनताबोध हुन्छ नि मलाई त भएन । मैले पहिल्यै पाल्न सक्छु भनेको भए पो हीनताबोध हुनु !’

उनले आफू गाईभैंसी चराएर, गोरु जोतेर खेत खन जोत गरेर आएको स्मरण पनि गरे।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP