काठमाडौं : प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकार सुशासनको पक्षमा नरहेको र सम्पूर्ण रूपमा असफल भइसकेको दाबी गरेका छन्। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी मामिलामा निगरानी राख्ने संस्था (एफएटिफ)ले नेपाललाई ग्रे लिस्टमा राखेपछि यो पुष्टि भएको उनको जिकिर छ।
आइतबारको प्रतिनिधिसभामा सांसद सापकोटाले सरकारको अकर्मन्यता र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल यो लज्जाजनक अवस्थामा पुगेको बताए। अब सरकारले नैतिक रूपमा मार्गप्रशस्त गर्नुपर्नेसमेत बताए।
‘सरकारको अकर्मन्यता र वित्तीय क्षेत्र सुधार गर्ने अठोटको अभाव र सुशासनप्रतिको उपेक्षाका कारण नेपाल यो लज्जाजनक अवस्थामा पुगेको छ। यसप्रति खेद व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘यसले सरकार सुशासनको पक्षमा छैन र सम्पूर्ण रुपले असफल भयो भन्ने पुष्टि भयो । अब सरकारले नैतिक रुपमा आफ्नो मार्ग प्रशस्त गर्नुपर्छ।’
अब देशको सिंगो इज्जत, मान र प्रतिष्ठाको रक्षाका लागि संसद्ले विशेष महत्वका साथ लिएर आवश्यक कदम चाल्नुपर्ने पनि उनले बताए। ‘सरकारको त कुनै विश्वास रहेन नै’, उनले भने ‘अब सिंगो देशको इज्जत, मान र प्रतिष्ठानको रक्षाका खातिर संसद्ले विशेष महत्वका साथ लिएर आवश्यक थप कदम चाल्न गम्भीर बन्नुपर्छ।’
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया