Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

पूर्वराजालाई कांग्रेस सांसदको चुनाैती : हिम्मत भए ०८४ मा चुनाव लड्न आउनुस्

काठमाडौं : नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिम्मत भए २०८४ को आमनिर्वाचन लड्न आउन चुनौती दिएकी छन्। आइतबारको प्रतिनिधिसभामा बोल्दै उनले यस्तो चुनौती दिएकी हुन्।

बैठकको आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले प्रजातन्त्र दिवसमा पूर्वराजाले दिएका अभिव्यक्ति र त्यसपछि पक्ष र विपक्षमा भएको बहसलाई लिएर यस्तो बताएकी हुन् ।

यस्तो छ पूर्वराजालाई सांसद न्यौपनेको चुनौती ः–

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले व्यक्त गरेको विचारलाई लिएर तरंग त सृजना भयो नै । यसको पक्ष विक्षमा मतहरू छताछुल्ल भए । यो व्यवस्था बेठिक हो भनेर ठूलो डंका पिटेको दृश्य देख्न पाइयो । जसले या ेवस्था ल्याउने कुनै योगदान गरेनन्, यो व्यवस्थाको भरपुर फाइदा भने उठाए ।

तर विडम्बना तीनैले यहाँ संविधानकै भावनाविरीत यो व्यवस्थाकै विपरीत गतिविधि गरिरहेको देख्दा २०६२÷०६३ को जनआन्दोल र गणतन्त्रका लागि मर्न तयार जनतालाई सम्झिरहेको छु। लोकतन्त्रमा बोल्न मज्जाले पाइन्छ । तर समाजलाई अराजकतातिर धकेल्ने छुट कसैलाई हुँदैन ।

…कुनै बहानामा गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन । लोकतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी छ ।

…सत्तामा फर्कने चाहना छ भने टिका लगएर वा कसैको कृपाले होइन, नगारिकले पाउने अधिकार र सुविधाको उपभोग गर्दै २०८४ को निर्वाचना भाग लिने हिम्मत गर्नुस् । होइन भने कहिल्यै पुरा नहुने, झर्ला र खाउँला भन्ने सोचाइ त्यगिदिनुस्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP