काठमाडौं : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सांसद् ईश्वरीदेवी न्यौपानेलाई संसद्मै जवाफ फर्काएका छन्। आइतबारको बैठकको आकस्मिक समयमा सांसद न्यौपानेले पूर्वराजाले गणतन्त्र दिवसमा दिएको अभिव्यक्ति र त्यसपछि पक्ष विपक्षमा भएको बहसलाई लिएर टिप्पणी गरेकी थिइन्।
त्यसपछि लिङ्देनले त्यसको जवाफ फर्काएका हुन्। उनले गणतन्त्र विदेशीको बुई चढेर ल्याएको बताउँदै अहिले लुटतन्त्रमा परिणत भएकोले निरन्तर विरोध जारी राख्ने बताए।
‘यहाँ केही प्रश्न उठे। म नेपालमा राजालाई कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ’, कांग्रेस सांसद न्यौपानेलाई जवाफ फर्काउँदै उनले भने, ‘तपाईँले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस्, त्यो लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर विरोध गरिहन्छौँ।’
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया