Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

श्रमजीवी पत्रकारसम्बन्धी ऐन परिमार्जन गराएरै छाड्छु : मन्त्री गुरुङ

 

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ समयानुकूल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार न्यूनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्। उनले ऐन संशोधन गर्न अझै केही समय लाग्ने उल्लेख गर्दै विद्यमान ऐन कार्यान्वयन गर्नुपर्नेसमेत बताए।

उनले ठूला प्रकाशन गृहको कारण ऐन कार्यान्वयनमा समस्या भएको बताए। उनले ऐन कार्यान्वयमा देखिएका समस्याहरुको समाधान गर्दै सुधार गर्नसमेत जरुरी रहेको बताए।

उनले बन्न बाँकी ऐन र कानुनहरु फास्ट ट्र्याकबाट बनाउने दलहरुबीच सहमति भएको बताए। उनले लामो समयदेखि थन्किएर बसेका विधेयकहरुलाई कानुनको रुप दिन लागिपरेको समेत बताए।

उनले भने, ‘श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ संशोधन गर्छौं। यो प्रतिवद्धता जनाउन चाहन्छौँ। बहुदल पनि नआएको गणतन्त्र पनि नआएको हाम्रै मन्त्रालय छ। त्यसकारण ऐन संशोधनको प्रक्रियामा लाग्छौँ हामी। ठूला प्रकाशन एवं सञ्चार गृहहरुका कारण यो कार्यान्वयन नभएको हो नि। तत्काल यो ऐन कार्यान्वयनमा कहाँ कहाँ समस्या छ। त्यसको पहिचान गरेर सुधार गर्नुपर्छ। त्यो कार्यान्वयन गर्ने कुरामा पनि मन्त्रालय तयार छ।’

उनले सञ्चार क्षेत्रको सुधारका लागि आवश्यक काम गर्ने मन्त्रालय तयार रहेको बताए। सञ्चार कर्ममा रहेका पत्रकारहरुले समेत मर्यादित भएर काम गर्नुपर्नेमा उनको जोड छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP