Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

 

काठमाडौं : जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ। नेपालका लागि जापानी राजदूत मायदा तोरूले नवनिर्मित भवन हस्तान्तरण गरे।

जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) को अनुदान सहायताअन्तर्गत करिब रू ८५ लाखको सहयोगमा उक्त भवन निर्माण गरिएको हो।

सो अवसरमा जापानी राजदूत मायदाले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरेको काठमाडौँस्थित जापानी दूतावासले जनाएको छ।

उक्त विद्यालय विसं २०१७ मा स्थापना भएको थियो। सो विद्यालयमा हाल करिब तीन सय ३० विद्यार्थी अध्ययनरत रहेको बताइएको छ। उक्त विद्यालय सो क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा रहीआएको छ। सो विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन हुँदै आएको छ।

जीर्ण विद्यालय भवनका कारण विद्यार्थीको पठनपाठनमा समस्या झेल्दै आएका थिए। नवनिर्मित भवनमा सुविधासम्पन्न कक्षा कोठा, छात्राछात्रका लागि बेग्लाबेग्लै शौचालयलगायत सुविधा रहेको दूतावासले जनाएको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP