Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

माओवादीलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

 

भरतपुर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माआवादी केन्द्रलाई जनमुखी र समाजवादको आधारतर्फ अघि बढाउन आवश्यक रहेको बताएका छन्।

प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीलाई अझ बढी जनमुखी बनाउँदै समाजवादको आधार तयारतर्फ लैजाने अभियानमा कुनै कमजोरी हुन नदिइने बताए। माओवादी केन्द्रको हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी’ अभियान प्रभावकारी बनाउँदै पार्टीलाई बलियो र एकताबद्ध गर्नुपर्ने उनले बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘कुनै पनि बहानामा यो अभियानलाई कमजोर पार्ने काम गरिनुहुन्न।’ माओवादी केन्द्रले राज्य सञ्चालनका क्रममा सुशासन अभियान सञ्चालन गरेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले त्यो अभियान जस्तै पार्टीको रूपान्तरण र पुनर्गठनका लागि पनि पार्टीभित्र भ्रष्टीकरणको प्रक्रिया रोक्न जरुरी रहेको बताए।

उनले भने, ‘वैचारिक र सांस्कृतिक स्खलनको प्रक्रियाविरुद्ध संघर्ष गर्ने, विधि पद्धति स्थापित गर्न संघर्ष गर्नु आवश्यक छ।’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीमा असाधारण एकता शुरु भएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको थियो।

उनले भने, ‘अध्यक्ष दाहालकै नेतृत्वमा पार्टीको रूपान्तरण र पुनर्गठन अभियान सुरु गरेका छौँ। एकताबद्ध, शक्तिशाली र क्रान्तिकारी पार्टी बनाउने तयारीमा लागिएको छ। यसमा हामी अझै बढी प्रभावकारी ढङ्गले अघि बढ्छौँ।’ फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सरकारले ल्याएका ६ वटा अध्यादेश पास हुन नदिने बताए। संसद्लाई पछि सारेर अध्यादेश ल्याइएको उनको आरोप थियो।थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP