Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सरकारले बलमिच्याइँ गर्न खोज्यो : सांसद शर्मा

 

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले बलमिच्याइँ गर्न खोजेको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन्। उनले संसदीय समितिबाट पारित भएको विधेयक समेत मन्त्रीले संशोधन गरेको आरोप लगाइन्। उनले सरकारले संसद्‌मा विचाराधीन विधेयक समेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समितिको बैठक राख्ने गरेको बताइन्।

उनले संसद्‌मा प्रतिपक्षी दलका नेताहरूले सोधेको प्रश्नको जवाफ समेत सरकारले नभई सत्तारुढ दलका सांसदहरूले दिने गरेको आरोप लगाएकी छन्।

शर्माले भनिन्‚ ‘हामी देखिरहेका छौं संसद्‌माथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको छ। संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ। संसद्‌मा विचाराधीन विधेयक फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरूमा समितिका बैठकहरू आयोजना गरिन्छन्। प्रतिपक्षी दलका नेताहरूले सोधेका प्रश्नको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरूले दिनुहुन्छ। यस प्रकारको गतिविधि रोकिनुपर्छ। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद्ले संसद्को अधिकार सदुपयोग गर्न पाउनुपर्छ।’

उनले सरकारले संसद्‌माथि गरिरहेको बलमिच्याइँ रोकिनुपर्ने बताइन्।थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP