Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

०८४ मा बहुमत पुर्‍याउँछौँ‚ खबरदार ! : रास्वपा सांसद ढकाल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाउँदै संसदमा रास्वपाले बहुमत पुर्‍याएको दिन अकुत सम्पत्ति आर्जन गरेकाहरुको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा उनले एकजनालाई छेकेर भ्रष्टाचारविरुद्ध रास्वपाको अभियान नरोकिने खबरदारीसमेत गरेका छन्।

पार्टीले संसदमा बहुमत पुर्‍याएको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस भएकाहरुलाई ब्युँझाउने उनले बताए।

‘हामीले उठाएको भ्रष्टाचारविरुद्धको यो अभियान कसै एकजनालाई छेकेर छेकिनेवाला छैन। यस पटक संख्या पुगेन‚ संख्या पुगेको दिन अकुत कमाएर सम्पत्तिको मादकतामा मस्त रमाएर बेहोस् भएकाहरुलाई बिउँझाउने छौँ‚’ उनले भने, ‘राणाकालमा अकुत कमाउनेको सम्पत्ति जसरि राज्य ढुकुटीमा आयो‚ राजाको सम्पत्ति जसरी राज्य ढुकुटीमा आयो यो ३५ वर्षमा अनेकौँ काण्ड मच्चाएर नागरिकको रगत पसिना चुसेकाहरुको त्यो अकुत सम्पत्ति राज्य ढुकुटीमा ल्याउँछौँ। ०८४ मा संख्या पुर्‍याउँछौँ‚ खबरदार!’थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP