काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर देश विकास गर्न सरकार अग्रसर रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य साना राजनीतिक दलहरु मिलेर देशमा शान्ति, सुशासन र विकास निर्माण गर्नका लागि बनेको बताए।
उनले नागरिकले सरकारकै सुनिश्चितता छैन कसरी देश विकास गर्छौ? भन्ने प्रश्न गरेपछि देश विकाससँगै सरकारको स्थायित्वका लागि अहिलेको सरकार निर्माण भएको बताए।
उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको जुन वर्तमान सरकार काँग्रेस, एमालेलगायत अरु साना दलहरु मिलेर सरकार बनेको छ। यो सरकार किन बनेको भने जनताले के भन्न थाले भने सरकारको आयु नभएको सरकार बन्छ, फेरि केही महिनामा अर्को सरकार बन्छ भन्न थाल्यो। सरकारकै सुनिश्चितता छैन भने त्यो सरकारले हाम्रो के काम गर्छ? त्यसले गर्दा राजनीतिक स्थिरता, स्थायित्व र सरकार टिक्ने किसिमको आवश्यक छ भनेर यो वर्तमान सरकार बनेको हो। बोलेर मात्रै होइन, कम गर्न गाह्रो छ। भएका कमी कमजोरी पहिचान गरी सुधार गरेर अघि बढ्नेतर्फ यो सरकार गइरहेको छ।’
उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैकुरा व्यक्त गर्ने अधिकार रहेको भए पनि अधिकारको मात्रै कुरा गर्ने तर जिम्मेवारीअनुसार काम नगर्ने कुराले समाजलाई सही ठाउँमा नपुर्याउने बताए।
राजनीतिक स्थायित्व भए मात्रै देशको अर्थतन्त्र सुदृढ पार्नेसहितका विकासका कामहरु अघि बढ्नसक्ने बताए। जीवन र जीविकोपार्जन सहज हुनुपर्ने आवाज सबै नागरिकको भएकाले सोहीअनुसार सरकारले काम गरिरहेको जिकिर गरे।थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया