Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

वन संरक्षणमा नीति तथा कार्यक्रमको कार्यान्वयन गर्नुपर्छ : उपराष्ट्रपति

 

काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राखी यसका लागि नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।

मंगलबार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पछिल्ला वर्षहरुमा वन केन्द्रित दिगो विकासका लागि विविध प्रयासहरु भइरहेको बताए।

उनले वन क्षेत्रको संरक्षण, संवद्र्धन र दिगो विकास व्यवस्थापनका लागि सरकार, सरोकारवाला निकाय, स्थानीय समुदाय तथा प्राविधिक विज्ञहरुबीच समन्वय हुनु अति जरुरी रहेको उल्लेख गरे। वनसम्बन्धी नीतिगत सुधार, नविन प्रविधिको प्रयोग र अनुसन्धानलाई प्राथमिकता दिँदै वन क्षेत्रको समृद्धि, सुनिश्चित गर्न सबैको साझा प्रयास उत्तिकै अपरिहार्य रहेको बताए। हरियो वन नेपालको धन भनेर चिनिएको नेपालको ठूलो प्राकृतिक स्रोत वन भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक रहेको बताए।

नेपालको कुल जमिनको ४६ प्रतिशत ढाकेको वन क्षेत्रलाई कायम राख्दै थप बिस्तारमा टेवा पुग्ने योजनाका साथ अघि बढ्न जरुरी रहेको बताए।

उपराष्ट्रपति यादवले भने, ‘हरियो वन नेपालको धन भनेर चिनिएको नेपालको ठूलो प्राकृतिक श्रोत वन भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक छ। नेपालको कुल जमिनको ४६ प्रतिशत ढाकेको वन क्षेत्रलाई कायम राख्दै थप बिस्तारमा टेवा पुग्ने योजनाका साथ अघि बढ्न जरुरी छ।’

उपराष्ट्रपति यादवले पछिल्लो समय तराई/मधेसमा पानीको सतह निकै तल गएको, पानीको स्रोतहरु सुक्दै जानु चिन्ताजनक अवस्था रहेको बताए। उक्त क्षेत्र मरुभूमिकरण हुने अवस्थामा पुग्न समय नलाग्‍ने जिकिर गरे।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP