काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने स्पष्ट पारेका छन्।
अर्थप्रधान सञ्चार माध्यमहरुको छाता संस्था इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानको आज राजधानीमा सम्पन्न दोस्रो वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले संविधान प्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत जान नहुनेमा आफू स्पष्ट बताए।
“संसद्मा विचाराधीन विधेयकबारे तपाईंहरूको चासोबारे म जानकार छु। प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम हुँदैन/हुने छैन”, उनले भने। उनले कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुनेमा पनि जोड दिए।
देश अहिले सङ्क्रमणकालीन अर्थतन्त्रको चरण पार गर्दै उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको उल्लेख गर्दै उनले विगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ सम्भावना खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य आवश्यक रहेको धारणासमेत राखे।
तथ्यमा आधारित समाचारका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने प्रवृत्ति विकसित हुन नसकेको, विज्ञापन र आर्थिक लाभका कारण कतिपय अवस्थामा समाचार सङ्कलनमा प्रभाव पर्ने गरेको उल्लेख गर्दै चिन्ता व्यक्त गरे।
आर्थिक पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभई, नीति–निर्माण र दिगो विकासलाई दिशा दिने एक महत्त्वपूर्ण साधन हुनुपर्ने उनको धारणा थियो।थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया