काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले ताप्लेजुङको मुकुम्लुङमा केबलकार निर्माणको कार्यमा सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद पौडेलले पाथीभरा केबलकार निर्माणसम्बन्धी वार्ता कहाँ पुग्यो ? भन्दै सरकारसँग प्रश्न समेत गरे।
केबलकार निर्माणका क्रममा सरकारले रोजेको दमनको बाटो गलत भएको उनको भनाइ छ। उनले वार्ता, सम्झौता र सहमतिको विधि अपनाएर मुकुम्लुङ संस्कृति र परम्पराको संरक्षण गर्दै विकास निर्माणको कार्यलाई सहजीकरण गर्न अनुरोध समेत गरे।
उनले सरकारले गर्न नसकेका कार्यहरू निजी क्षेत्रले गर्दै आएको उल्लेख गर्दै उर्जा, पर्यटन, कृषि जस्ता क्षेत्रहरूमा अझै बढी लगानीको आवश्यकता रहेको बताए। उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु राज्यको दायित्व भएको समेत बताए।थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया