काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिप्परहरुले कानून नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिप्परहरुले कानुन मान्ने नगरेको उनको आरोप छ।
टिप्परको व्यवस्था पनि राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ। सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भए पनि जबरजस्ती हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘धेरै स्थानीय तहका प्रतिनिधिहरुको लगानी रहेको छ टिप्परका उनीहरुले कानुन मान्दैनन्। टिप्परलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ। अर्को कुरा, सीतापाइला र धार्केमा टिपर हिड्न अनुमति दिइएको छैन तर जबरजस्ती गुडाउँछन्। किनकी स्थानीय नेता र ठेकेदारहरुको लगानी भएकोले। सरकार र राज्यपनि एकदमै कमजोर भएको छ। यस्तो अवस्थामा हामीले कसरि नियन्त्रण गर्न सक्छौं। कि यो मृतकको संख्यामात्र गनेर बसिराख्ने हो?’
उनले सरकारले सडक दुर्घटना न्यूनीकरण पनि गर्ने हो कि मृतकको संख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्नसमेत गरे।थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया