Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

बैतडीबाट गृहमन्त्री लेखकले लिए शान्ति सुरक्षाको जानकारी

बैतडी : गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षाका बारेमा जानकारी लिएका छन्। आज बिहान खोड्पे प्रहरी चौकीको निरीक्षण गर्दै उनले जिल्लाको शान्तिसुरक्षाका बारेमा जानकारी लिएका हुन्।

गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने, “खोड्पे प्रहरी चौकीको निरीक्षणका क्रममा गृहमन्त्रीज्यूले जिल्लाको समग्र शान्तिसुरक्षा र विपद्को विषय जानकारी लिनुभयो, साथै आवश्यक निर्देशनसमेत दिएर जानुभयो।”

शान्तिसुरक्षा, विपद् व्यवस्थापन, लागुऔषध नियन्त्रणलगायत विषयमा गृहमन्त्री लेखकले निर्देशन दिएका हुन्। गृहमन्त्री लेखक बैतडीपश्चात् बझाङका लागि प्रस्थान गरे। बझाङमा भूकम्पबाट पीडितका लागि आवास पुनर्निर्माणका लागि अस्थायी कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको गृहमन्त्री लेखकका स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए।थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP