काठमाडौँ : राष्ट्रियसभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनै पनि शासकले ख्याल नगरेको आरोप लगाएका छन्।
शुक्रवार राष्ट्रियसभा बैठकको विशेष समयमा उनले यस्तो आरोप लगाएका हुन्। उनले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताए।
उनले नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गरे। उनले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजारौँ सर्वसाधारण प्रभावित हुने गरेको बताए।
‘नेपाल भूकम्पको केन्द्र भागमा रहेको छ। नेपालमा हरेक २४ घण्टामा कुनै न कुनै भूकम्पीय धक्का प्रकट हुने गरेको छ। उपरोक्त अवस्थालाई खासगरी विकास र निर्माणका काम अगाडि बढाउँदा नजरअन्दाज गर्न मिल्दैन तर नेपालको यो भौगर्भिक संवेदनशिलतालाई आज र अगाडिका कुनै पनि शासकले ख्याल गरेनन्, वास्ता गरेनन्‚’ उनले भने, ‘नेपालका उत्तर-दक्षिण र पूर्व–पश्चिममा जाने सडकहरु नदी किनारको भूभागमा बनाइएको छ। यसरी बनाउँदा निरन्तर भूकम्पीय धक्काले जम्न नपाएको माटो र गिट्टीसहितको पहाडका पाखोलाई काटिएका छन्। भूकम्पीय धक्काले यस्ता ठाउँमा पहिरो जान्छ।’
उनले नेपालमा दैनिक कुनै न कुनै प्रकारका भूकम्प जाने गरेको भन्दै विकास निर्माणका काममा संवेशनशिल भएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराए।थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया