Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

राजनीतिक दलको राजा होइन देशको राजा खोजेका हौँ : अध्यक्ष लिङदेन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले दलको राजा नभई देशको राजा खोजेको बताएका छन्।

शनिवार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरूले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका थिए।

उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन्।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीतिभन्दा धेरै माथिको संस्था भएको बताएका छन्। उनले अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताए। आफूहरूले राजनीतिक दलको राजा नभई देशको राजा स्थापित गर्न खोजेको बताए।

लिङदेनले भने‚ ‘राजाले पहाडमा नभएर मधेशको जनताले रोजगारी पाओस्। मधेशको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेका उद्योगधन्दा बेचेर खाए। कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डमा उनीहरूको नाम मुछिएको छ। त्यस्ता नेताहरू अहिले चुनाव लड्न आऊ भनेर राजालाई ललकार्दै छन्। म भन्छु- तपाईंहरूसँग चुनाव हामी लड्छौँ। राजाले चुनाव लड्ने होइन। चुनाव लड्नका लागि हामी जस्ता मानिसहरू छौँ। हामीले खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन। राजनीतिक दलको राजा होइन, देशको राजा खोजेको हो। राजा राजनीतिक दल र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो।’

अध्यक्ष लिङदेनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए। अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने माग आफ्नो पार्टीको रहेको स्पष्ट पारे।
उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतका राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई पार्टी खोलेर निर्वाचनबाट आउन चुनौती दिँदै आएका छन्।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै अध्यक्ष लिङदेनले राजा भोटको राजनीतिभन्दा धेरै माथिको संस्था भएको बताएका छन्। उनले अहिलेका नेताहरूसँग आफूहरू नै चुनाव लड्न पर्याप्त रहेको बताए। आफूहरूले राजनीतिक दलको राजा नभई देशको राजा स्थापित गर्न खोजेको बताए।

लिङदेनले भने‚ ‘राजाले पहाडमा नभएर मधेशको जनताले रोजगारी पाओस्। मधेशको जनताले गरिखाने वातावरण निर्माण होस् भनेर खोलेका उद्योगधन्दा बेचेर खाए। कृषि औजार कारखाना, चिनी कारखाना, जनकपुर चुरोट कारखाना बन्द गरे र आज दर्जनौँ भ्रष्टाचार काण्डमा उनीहरूको नाम मुछिएको छ। त्यस्ता नेताहरू अहिले चुनाव लड्न आऊ भनेर राजालाई ललकार्दै छन्। म भन्छु- तपाईंहरूसँग चुनाव हामी लड्छौँ। राजाले चुनाव लड्ने होइन। चुनाव लड्नका लागि हामी जस्ता मानिसहरू छौँ। हामीले खोजेको राजा तपाईंहरूसँग चुनाव लड्ने होइन। राजनीतिक दलको राजा होइन, देशको राजा खोजेको हो। राजा राजनीतिक दल र भोटको राजनीतिभन्दा माथि रहने संस्था हो।’

अध्यक्ष लिङदेनले अहिलेका राजनीतिक दलहरू देशभित्रै युवाहरूले गरिखाने वातावरण बनाउनेतर्फ अग्रसर नभएको बताए। अहिलेका राजनीतिक दल र नेताहरूले ३५ वर्षको समयमा केही काम गर्न नसकेको बताए। प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रदेश खारेजी गर्ने माग आफ्नो पार्टीको रहेको स्पष्ट पारे।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP