Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले छाडे पार्टी

काठमाडौं : संविधानसभा सदस्य एवं नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन शर्माले पार्टीका सबै पद त्यागको घोषणा गरेका छन्।

हिमालय टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा अध्यक्ष ढकालले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटक पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो छ।

आफूमाथि जिल्ला सचिवसहितका नेताहरुबाट भएको आक्रमण र अपमान सहन नसकेर पार्टी छाडेको ढकालको तर्क छ। आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गरे।

तत्कालिन नेकपा विभाजन र एमालेबाट माधवकुमार नेपालसहितका नेताले दल विभाजन गर्दा रसुवामा विभाजनको असर हुन नदिन भुमिका खेलेका ढकाल यतीबेला दश बुँदे पक्षधर र एमालेमा आएका प्रेम तामाङको पेलान सहन नसकेर दल त्याग गर्नुपरेको दाबी गरेका छन्।

तत्कालिन अवस्थामा नेकपा एकीकृतमा जान लागेका माधव अर्याल, राप्रपाहुँदै माओवादी, जसपा, नयाँ शक्ति र कांग्रेस हुँदै एमालेमा प्रवेश गरेका प्रेम तामाङलाई नेतृत्वले च्याप्न खोजेको ढकालको आरोप छ।

पार्टी महासचिव शंकर पोखरेल र प्रदेश इञ्चार्ज राजन भट्टराईलाइ पटक पटक यो विषय अवगत गराए पनि निकास नआएको उनको भनाइ छ।

रसुवामा भविष्यसम्मको नेताको उपमा पाएका ढकालले एकाएक दल त्यागको घोषणा गरेसँगै पार्टी नेता र कार्यकर्ता दबाबमा परेका छन्।

ढकाल २०७० को संविधानसभा सदस्यमा रसुवाबाट निर्वाचित भएका थिए। तत्कालिन नेकपाको केन्द्रीय सदस्य समेत रहेका ढकाल पछिल्लो पटक रसुवा अध्यक्ष थिए।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP