चन्द्राैटा, २१ चैत्र ।
नेकपा एमाले शिवराज गाउँ कमिटीले वडा केन्द्रित अभियानलाई तीव्रता दिएकाे छ । शिवराज नगरपालिका वडा नम्बर ५ बगैँचा टोलमा टाेल कमिटी गठन गरेकाे छ ।
गिरी सापकोटाको नेतृत्वमा १५ सदस्य टाेल कमिटी गठन गरिएको छ । जसकाे उपाध्यक्षमा सिर्जना ढुङ्गाना, सचिवमा हुम बहादुर केसी, सह-सचिवमा विमला अधिकारी सदस्य महेश बस्नेत सरिता सापकोटा अनिता बस्याल सीता आचार्य बिमला पौडेल लगायत कमिटीमा चयन भएका छन् त्यस्तै सात सदस्य जेष्ठ कम्युनिस्ट मञ्च समेत गठन भएको छ।
कार्यक्रममा ७० वर्ष पुगेका जेष्ठ कम्युनिस्ट बुवाआमाहरूलाई उहाँहरूले पार्टीप्रति गरेको योगदानलाई कदर गर्दै सम्मान समेत गरिएको थियो। कार्यक्रममा भर्खरै नवनिर्वाचित स्ववियु सभापति केशव गैरेलाई पनि सम्मान गरिएको थियो । जरा केन्द्रित अभियालाई सफल बनाउन पार्टीकाे निति अनुसार एमाले जनताकाे घरघरमा पुग्दै एमालेकाे विचार, सिद्धान्त र धारणासहित वडा केन्द्रित अभियानमा जाेड दिएकाे छ ।
कार्यक्रममा केन्द्रीय परिषद् सल्लाहकार सदस्य साधुराम खनाल लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शिवकुमारी थारु लङ्कबहादुर हमाल प्रदेश सल्लाहकार परिषद् सदस्य बेगम विश्वकर्मा जिल्ला कमिटी सचिव सीबी गहतराज प्रदेश विभाग सदस्य शिवराज सुवेदी जिल्ला कमिटी सदस्य सरोज कुमार पौडेल नेत्रप्रसाद बेलबासे जगतप्रसाद पौडेल जिल्ला कमिटी सदस्य तथा वडा नं ५ सह इन्चार्ज खगी सुनार नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल शिवराज नगरपालिका वडा नम्बर ५ वडा कमिटीका अध्यक्ष प्रेम सुनार लगायतकाे उपस्थिति थियोे ।
उक्त कार्यक्रम को एजेन्डा प्रस्तुत तथा सहजीकरण नगर कमिटी सचिवालय सदस्य तथा बगैंचा टोल इन्चार्ज रणदिप खतिवडा ले गर्नु भएको थियो।कार्यक्रम जीवन के.सी.को सन्चालन र बिपना पौडेलको स्वागत मन्तव्य मा सम्पन्न भएको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया