Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

रविको चेतावनी : पालो सबैको आउँछ, मैले जसरी नै जाँच अरूले पनि दिनुपर्छ

 

काठमाडौँ : पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज जिल्ला कारगार रुपन्देहीमा जानु अघि संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको आदेशको सम्मान गर्ने बताएका छन्।

उनले कानूनले दिएको अधिकार प्रयोग गर्ने उल्लेख गर्दै तल्लो अदालतको आदेशविरुद्ध माथिल्लो आदालत जाने बताए। शुक्रबार काठमाडौंस्थित निवासबाटै पक्राउ गरिएका लामिछानेलाई आज रुपन्देही कारगार चलान गरिएको छ।

उनले भने, ‘न्यायको मन्दिरबाट अन्याय हुने छैन, म विश्वस्त छु तर, विभिन्न आशंका उठेका र उठाइएका छन्, ति गलत सावित हुन्।’ उनले पार्टीलाई एक ढिक्का राखेर अभियानलाई निरन्तरता दिन र अभियानलाई जनताको बीचमा पुर्याउन नेता कार्यकर्तालाई अनुरोध गरेका छन्।

उनले थपे, ‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो। पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ।’थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP