Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

ऋण लगायो भनेर कराउनुको अर्थ छैन, हाम्रो पैसाले विकास गर्न सकिँदैन : ओली

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण लगायो भनेर कराउनुको अर्थ नभएको बताएका छन्।

मधेश प्रदेशसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी पैसाले विकास गर्न संभव नभएको बताए। अरु छिमेकी देशभन्दा नेपालको ऋण कम रहेको भन्दै उनले राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो मान्न नमिल्ने बताए।

‘ऋण लगायो भनेर कराएको छ। संसारमा अरु छिमेकीभन्दा हाम्रो ऋण कम छ। राष्ट्रिय वार्षिक आयको २४-२५ प्रतिशत होला। राष्ट्रिय वार्षिक आयको ५० प्रतिशतसम्मको ऋणलाई डरलाग्दो मानिँदैन यदि त्यसलाई सावधानीका साथ लिएको र प्रयोग गरिएको छ भने।’ ओलीले भने, ‘जापानको ऋणको स्थिति हेर्ने हो भने राष्ट्रिय आयभन्दा बढी होला तर ऊ त विकसित देश हो। विकास गरेपछि आम्दानी हुन्छ। आम्दानी भएपछि तिर्न सकिन्छ। हाम्रो पैसाले विकास गर्न त संभावना नै छैन।’

उनले अहिले एक करोडको काम गर्न दुई करोड खर्च भइरहेको भन्दै यसलाई सच्याएर जानुपर्ने बताए। विगतको सरकारले बिगारेको अर्थतन्त्र आफूहरूले ९ महिनामा सच्याउँदै ल्याएको ओलीको दाबी छ।

‘निकै बिग्रिएको अर्थतन्त्र हामीले ९ महिनामा सच्याएर ल्याएका छौं। यसरी बिगारिएको थियो कि आम्दानीको बाटो कहीँ नराखिएको तिर्नुपर्ने ठाउँमा बाँकी राखेको। बजेट नभएका ठाउँमा स्रोत नभएको ठाउँमा सुनिश्चित गरिदिएको छ। पैसा छैन तिर्छु दिउँला भनेर कबुल गरिदिएको छ। अहिले यसलाई हामीले न्यून गरेर खरबमा तिरिसकेका छौं। अब केही तिर्न बाँकी छ । त्यो पनि हामी तिर्छौँ।’ ओलीले भने। थाहाखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP