Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रधानमन्त्रीसँग ‘मेरो डान्स/भाेइस युनिभर्स’का प्रतियोगीहरूको भेट

 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स यूनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरूले भेट गरेका छन्। विश्वभर रहेका नेपाली मूलका कलाकार मध्येबाट २३ मुलुकबाट छानिएका कलाकारसँग प्रधानमन्त्री ओलीले उनीहरूकाे प्रतिभा र नेपालीपनको एकत्वको भावनाको विस्तारको अभियानमा शुभेच्छासहित आइतबार भेट गरेका हुन्।

इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताए। विश्वका जुनसुकै कुनामा रहे पनि नेपालीहरूमा रहने जेनेटिक मेमोरीले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, यूएई, संयुक्त अधिराज्य बेलायत, अष्ट्रेलिया, जापान, म्यानमा, पोर्चुगल, मलेसिया, थाइल्याण्डलगायतका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए।

थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP