Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

निजामती विधेयक : कुलिङ पिरियड राख्नुपर्नेमा सांसदहरूको जोड

 

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले सेवा निवृत्त कर्मचारीका लागि कुलिङ पिरियड राख्नुपर्ने पक्षमा अडान लिएका छन् ।

सोमबार सिंहदरबारमा “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा समिति सदस्यहरूले कुलिङ पिरियड अनिवार्य भएको बताएका हुन् ।

उनीहरूले दुई वर्षको कुलिङ पिरियड राख्दा खासै फरक नपर्ने बताए । बैठकमा नेपाली काँग्रेसकी सांसद सरिता प्रसाईँले दुई वर्षको कुलिङ पिरियड राख्नुपर्ने अडान लिइन्। उनले भ्रष्टाचार गरेर पेन्सन पाउनुपर्ने कुरा गर्न पनि नहुने बताइन्।

देश बनाउने कर्मचारी र राजनीतिज्ञहरूले रहेको भन्दै कर्मचारीहरूलाई अन्याय हुने खालको कुनै पनि कानुन निर्माण गर्न नहुने उनको भनाइ थियो।

​‘भ्रष्टाचार गरेर पेन्सन पाउनुपर्ने कुरा गर्नु हुँदैन। कुलिङ पिरियड राख्नैपर्छ। कुलिङ पिरियड राख्दा रिटायर्ड कर्मचारीको अनुभव सरकारले लिन पाउँदैनन् भन्ने सुने, त्योभन्दा अगाडीको साथीहरू पनि त रिटायर्ड भएर बस्नुहुन्छ नि त । दुई वर्षको कुलिङ पिरियड राख्नै पर्छ ।’

समिति बैठकमा नेपाली काँग्रेसकै सांसद अम्बिका बस्नेतले पनि दुई वर्षको कुलिङ पिरियड राख्दा खासै फरक नहुने बताइन्। उनले कुलिङ पिरियडमा दुई वर्षको समय राख्नुपर्छ भन्ने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै भ्रष्टाचारको कारबाहीमा परेकाहरूलाई पेन्सन दिनुहुँदैन भन्ने पक्षमा आफू रहेको जिकिर गरिन्।

‘निजामती विधेयक नआउँदा जति सुशासन दिनुपर्ने हो, त्यो दिन सकेका छैनौँ । त्यस कारण हतार छ, यो छिटो ल्याउनुपर्छ भन्ने सबैको कुरा हो । भ्रष्टाचारको कारबाहीमा परेकाहरूलाई पेन्सन दिनुहुँदैन भन्ने मेरो स्पष्ट धारणा छ।’ उनले भनिन्, ‘कुलिङ पिरियडको सम्बन्धमा पनि दुई वर्षको समय राख्नुपर्छ भन्ने धारणा आएको छ । दुई वर्षको कुलिङ पिरियड राख्दा खासै फरक पर्दैन।’

बैठकमा नेकपा एमाले सांसद मेनकाकुमारी पोख्रेलले सर्वसहमति भइसकेका विषयमा छलफल गरेर लम्ब्याउन नहुने बताइन् । उनले पहिलो कुरा ऐनलाई पारित गर्ने र विमति भएका विषयहरूमा मात्रै छलफल गर्नुपर्नेमा जोड दिइन्।

सांसद बस्नेतले कुलिङ पिरियडको विषय सामान्य छलफलमै टुङ्गिने बताउँदै कसैलाई पनि अन्याय नहोस् भन्ने चाहना रहेको तर्क गरिन्। ​‘जहाँबाट आएको छ, सबभन्दा पहिले त्यसलाई पास गरौँ । त्यसमा कुनै माननीयहरूको विमति छ भने त्यसमा यो कुराको विमति छ भनेर आउनुपर्‍यो । त्यसपछि हामी उक्त छलफलमा केन्द्रित हौँ । सर्वसहमति भएर आइसकेको कुरामा विमति पनि छैन, केही पनि छैन भने यसलाई लम्ब्याउने काम नगरौँ ।’ उनले भनिन्।

संसदीय समितिमा सांसदहरूले कूटनीति र न्याय सेवालाई छुट दिई अन्य सेवामा कुलिङ पिरियड राख्न नहुने बताएका थिए । उनीहरूले कुलिङ पिरियडमा विभेदकारी नीति बनाउन नहुने समेत धारणा राखे ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP