काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको प्रष्टीकरण दिएका छन्।
पार्टी स्थापना दिवसका अवसरमा राजधानीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मन्त्रीको राजीनामालाई लिएर अनावश्यक प्रचार गरी आफूलाई दोष दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘एक जना मन्त्रीले राजीनामा दिनुभयो । किन दिनुभयो भन्दा प्रधानमन्त्रीले बसिखान दिएन रे । मैले सक्दो सहयोग गरिरहेको छु । काम सिकाइरहेको छु । ओलीले भने, ‘अस्ति अप्रेशन गर्नुभयो । स्वास्थ्य अलि ठिक भएन । शिक्षा मन्त्रालय धेरै ठूलो मन्त्रालय छ, काम गर्न सजिलो छैन । त्यही भएर उहाँले स्वास्थ्यको कारण देखाएर राजीनामा गर्नुभएको हो।’
उनले सबै सञ्चारमाध्यम आफूविरुद्द योजनाबद्ध रुपमा खनिएको आरोप पनि लगाए।
‘उहाँले स्वास्थ्यको कारण राजीनामा दिनुभएको छ । सबै मिडियाको हेडलाइन मेरा विरुद्ध छ । प्रधानमन्त्रीले असहयोग गरेर, प्रधानमन्त्रीसँगको मतभेदका कारणले भनिएको छ । यस्तो दुश्मनी के कारण होला ?’ ओलीले भने, ‘योजनाबद्ध तरिकाले सबैले मेरा विरुद्ध लेखेका हुन्।’
केहीले आफ्नो राजीनामा आउनुपर्ने भनेको भन्दै ओलीले त्यसका लागि १५ महिना पर्खन सुझाव दिए।
‘केही नयाँ शक्तिले त भनेछन्। शिक्षामन्त्रीले होइन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्रीको राजीनामा १५ महिनापछि आउँछ भनेकै छु त।’ ओलीले भने, ‘मेरो राजीनामा हेर्ने मन भए १५ महिना पर्ख। मैले राजीनामा दिएपछि शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ।’थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया