Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट

 

काठमाडौं : नेकपा एमालेका सचिव गोकर्ण विष्टले विश्व अर्थतन्त्रमा विश्व अर्थतन्त्रका देखापरेको समस्या र चुनौतीलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विश्व अर्थतन्त्रमा नयाँ प्रकारका संकट र समस्याहरू देखिएको बताए। उनले अति विकसित देशहरूको व्यापार युद्धको प्रतिस्पर्धाको प्रत्यक्षरुपमा प्रतिकूल असरका सामना नेपालले पनि गर्नुपर्ने बताए।

उनले अर्थतन्त्रमा समस्या र चुनौती थपिए पनि आन्तरिक रुपमा सम्भावित सम्भावना खोज्नुपर्ने बताए। उनले आन्तरिक रुपमा पनि लामो समयदेखि नेपालको अर्थतन्त्रको अवस्था चुनौतिपूर्ण रहेको बताए। वर्तमान सरकारको छोटो प्रयासले मात्रै अर्थतन्त्रमा देखिएको समस्या समाधान हुन नसक्ने उनको भनाइ छ।

सचिव विष्टले पञ्चायती व्यवस्थाको अन्त्यपछि लोकतान्त्रिक अभ्यासले देशको गरिबी निवारणलगायत अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP