Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य

 

धनगढी : भारतको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलवार औपचारिक भ्रमणमा जाएका छन्।

भ्रमणमा जानुअघि सञ्चारकर्मीसँग मुख्यमन्त्री शाहले भ्रमणका क्रममा सुदूरपश्चिमसँग सीमा जोडिएका जिल्लाहरुमा संस्कृति, पर्यटन, व्यापारलगायतका विषयमा छलफल हुने भए पनि कुनै सम्झौता नहुने स्पष्ट पारे।

उनले सुदूरपश्चिम सरकारले आगामी असोजमा गर्न लागेको लगानी सम्मेलनका विषयमा भने छलफल हुने जानकारी दिए। उनले कश्मिरमा भएको आतंककारी हमलाको निन्दा गर्दै कुनै पनि किसिमको आतंककारी गतिविधि नेपाललाई स्वीकार्य नहुने बताए।

‘भर्खरै भारतमा भएको आतंककारी घटनाप्रति दुःख व्यक्त गर्न चाहन्छु र कुनै पनि किसिमको आतंककारी गतिविधिमा विशेष गरी नेपाल, नेपाली सरकार, नेपाली जनता त्यो कुरा स्वीकार्न तयार छैन। यो सन्दर्भमा समग्र विश्व र भारत सरकार पनि यो दिशामा अगाडि बढेको महशुस गरेको छु‚’ उनले भने, ‘म मृतकहरुप्रति श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु र यस्ता घटनाहरु नहुनका लागि सबै सचेत हुनु जरुरी छ, सबै एकताबद्ध भएर अघि बढ्नु जरुरी छ। संघीय संरचना निर्माणपछि भारत सरकारले आमन्त्रण गरेको छ त्यसप्रति आभार व्यक्त गर्न चाहन्छु।’

मुख्यमन्त्री शाहले नेपाल र भारतबीच घनिष्ट सम्बन्धका साथै ऐतिहासिक, धार्मिक र भौगोलिक सांस्कृतिक रुपमा पनि जोडिएकाले धेरै कुरा आदानप्रदानमा भ्रमण उपलब्धिमूलक हुने बताए।

प्रदेश सरकारलाई सम्झौता गर्ने अधिकार नरहेकाले भारतसँग कुनै सम्झौता नहुने जानकारी पनि उनले गराए। उनले भ्रमणका क्रममा स्थानीय सरकारबीचको सम्बन्ध सुधार हुने बताए।

‘प्रदेश सरकारलाई कुनै पनि आधिकारिक सम्झौता गर्ने अधिकार नभएको र भारत सरकारले नै तय गरेका कार्यक्रमहरुमा सहभागिता हुनेछ। व्यक्तिगत रुपमा आफू पनि हिन्दु नै भएकोले यसमा धेरै कुराहरु जोड्नु आवश्यक छैन‚’ उनले भने, ‘उत्तराखण्ड र युपीसँग भौगोलिक रुपमा जोडिएकाले विशेष गरी पर्यटन, कृषि विकासलगायतमा भारतको सहयोग छ। अब यो भ्रमणले प्रदेश सरकार खासगरी स्थानीयबीच सम्बन्ध सुदृढ हुनेछ। सँगै भारतसँग लिन सकिने र आफूहरुले दिन सकिने विषयमा छलफल हुनेछ।’

भ्रमणका क्रममा राजनीतिक भेटवार्ता नहुने तर सरकार—सरकारबीच विभिन्न विषयमा छलफल हुने जानकारी उनले दिए।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP