Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

बेइमानीको खेती र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग भयो : प्रधानमन्त्री

 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय बेइमानीको खेती गर्न र इमानको हत्या गर्न प्रविधिको दुरुपयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

शुक्रवार काठमाडौँमा आयोजित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्यको हत्या र असत्यको प्रवर्द्धनका लागि प्रविधिको प्रयोग गर्न नहुनेमा जोड दिँदै सूचना प्रविधिको सही प्रयोगमा सजग रहनुपर्ने बताए।

उनले सूचना प्रविधिको क्षेत्रमा विशेष विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै सेवा प्रवाहलाई छिटो, छरितो र सुविधायुक्त बनाउन प्रविधिको भूमिका महत्वपूर्ण हुने बताए।

उनले प्रविधिको विकाससँगै उत्पन्न हुने समस्याहरूको समाधान गर्दै मानव समाजलाई सुखी बनाउने दिशामा अगाडि बढ्न आवश्यक रहेको बताए।

‘बेइमानीको खेती गर्न र इमानको हत्या गर्न टेक्नोलोजीको दुरुपयोग नहोस् भन्ने कुरामा हामी सजग हुनुपर्दछ। सत्यको गला रेट्न र असत्यको जरामा पानी हाल्नको लागि एआईको प्रयोग नहोस्। टेक्नोलोजीको विकाससँगै आएका समस्याहरुको समाधान पनि गर्दै जानुपर्छ‚’ उनले भने, ‘मानव समाजलाई सुखी बनाउन टेक्नोलोजी चाहिन्छ। आईसिटीको क्षेत्रमा हामीले विशेष विकास गर्नुछ ताकि सेवालाई छिटो, छरितो, सुविधायुक्त, सहज आपूर्तिको परिपाटिको लागि आवश्यक छ।’

कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता उपकरणहरू दुरुपयोग भइरहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP