Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विद्युत् आयात तत्काल शून्यमा झार्न सक्दैनौँ : हितेन्द्रदेव शाक्य

 

काठमाडौँ : नेपालले भारतबाट तत्काल विद्युत् आयात गर्ने अवस्था शून्य नहुने भएको छ। विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

पदबहाली गरेको एक महिनाभित्रै कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै ९१.४ प्रतिशत घरमा विद्युत् पुगेको बताएका छन्। फागुन मसान्तसम्म आन्तरिक माग २‚३३७ मेगावाट रहेको छ। यो आवको अन्त्यसम्म त्यस्तो माग २‚४३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ। माग र आपूर्तिको असन्तुलनले वर्षायामको विद्युत् खेर गएको छ भने सुक्खायाममा विद्युत्‌को माग बढिरहेको छ र पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको शाक्यले बताए।

शाक्यले भने‚ ‘आगामी दिनमा यसको व्यवस्थापन अझै चुनौतीपूर्ण देखिन्छ। प्राधिकरणको प्रक्षेपणअनुसार ०८२।८३ मा वर्षायाममा २‚६४८ मेगावाट र ०८३।८४ मा ३‚३१६ मेगावाट विद्युत् जगेडा रहनेछ। त्यही समयमा २०८२।८३ को सुक्खायाममा ७९१ मेगावाट र २०८३।८४ मा ७२८ मेगावाट आयात गर्नुपर्ने देखिन्छ।’

शाक्यले आगामी दिनमा विद्युत् आयात शून्य नहुने बताएका छन्।  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP