Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रहरीलाई गृहमन्त्रीको निर्देशनः यत्तिले पुगेन, अपराध अनुसन्धानको दायरा नयाँ किसिमले अघि बढाउनूस्

 

काठमाडौं : गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरू थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा बिस्तार गर्न निर्देशन दिएका छन्।

आइतवार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा बिस्ता गर्न निर्देशन दिएका हुन्। उनले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए।

उनले २५—३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भए पनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरू अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताए। नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने बताए।

गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतिहरूलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरुरी रहेको बताए। समाज दिन प्रतिदिन रुपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भए पनि त्यसमा आपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको बताए। अवसर र सम्भावनासँगै चुनौति, जोखिम उत्तिकै रहेको गृहमन्त्री लेखको भनाइ छ। त्यसलाई नियन्त्रण गर्न नयाँ तौर तरिकाहरू सिक्न जरुरी रहेको उल्लेख गरे।

गृहमन्त्री लेखकले पछिल्लो समयको परिवर्तनबाट उत्पन्न हुने चुनौतिलाई ठिक ढंगले सम्बोधन गर्न नेपाल प्रहरी स्टाफ कोर्स लगायतका कोर्सहरूको भुमिका महत्वपूर्ण हुने बताए। आजबाट नेपाल प्रहरीमा पहिलो पटक लिडरसिप एण्ड स्टाफ कोर्स शुरु भएको हो।

स्टाफ कलेजका लागि ३५ जनालाई सहभागी गराउने भनिए पनि प्रवेश परीक्षामा १७ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) मात्रै उत्तीर्ण भएका छन्। २०७० सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूको टोलीबाट कोर्सको शुरुवात गरिएको छ। प्रहरीमा पहिलोपटक शुरु भएको स्टाफ कोर्सले बढुवालाई व्यवस्थित बनाउनेछ।

अब स्टाफ कोर्स अध्ययन गर्नेहरूले तीन सेमेस्टरमा परीक्षा दिनुपर्नेछ। कुनै सेमेस्टरमा अनुत्तीर्ण भए जुन परीक्षामा भएको हो, त्यो सेमेस्टरको परीक्षा पुनः अर्को वर्ष दिन पाइनेछ। प्रस्तावित विधेयक संसदबाट पारित भएर कार्यान्वयनमा आए स्टाफ कलेज पास नगर्नेहरू प्रहरी नायव उपरीक्षक (डिआईजी) बन्न पाउने छैनन्। प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि स्टाफ कलेज गरेका र नगरेकाका लागि छुट्टै कोटा तोकिएको छ।  थाहा खबर 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP