Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रिसा साह मृत्यु प्रकरण : कूटनीतिक पहल गर्न ध्यानाकर्षण

 

काठमाडौँ : राष्ट्रियसभाका सांसदहरूले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राको मृत्यु प्रकरणबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतवार राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले भारतको किट विश्वविद्यालय र बेलायतमा अध्ययनरत छात्रको मृत्युका घटनाबारे छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले भारतको कलिंगास्थित किट विश्वविद्यालय अध्ययनरत छात्राको मृत्यु तथा बेलायतमा मृत भेटिएका एक व्यक्तिको कूटनीतिक पहलको माध्यमद्वारा सत्यतथ्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराए। उनले दोषीलाई कारबाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिका लागि पहल गर्न आग्रह गरे। उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराए। नेपाली विद्यार्थी अध्ययनरत ती कलेजमा पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ।

रोकायले भने, ‘किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्यु प्रकरणपछि नेपाल सरकारले समयमै चासो जनाएको बुझिएको छ। परारष्ट्र मन्त्रालयले किटमा अध्ययनरत विद्यार्थीको सुरक्षाका लागि समन्वय पनि गरेको जनाएको छ। किटमा करिव ४० हजार विद्यार्थी अध्ययनरत रहेकोमा नेपाली विद्यार्थीको संख्या करिव १२ सय भएको बुझिएको छ। त्यस्तै लण्डनमा मृत भेटिएका सुशासनको लण्डन प्रहरीबाट अझै अनुसन्धान जारी रहेको बताइएको छ। यी दुबै देशमा भएका दुवै घटनाका कुटनीतिक पहलको माध्यमबाट सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको पहल, पीडितलाई उचित क्षतिपूर्तिको पहल तथा उक्त कलेजहरुमा विद्यार्थीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले भारतको किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गर्न विशेष समिति गठन गर्न नेपाल सरकारसँग माग गरिन्। उनले स्थानीय विद्यार्थीले प्रतिस्पर्धा गर्न नसकेपछि राम्रो अध्ययन गर्ने विदेशी विद्यार्थीलाई बेपत्ता पार्ने तथा हत्या गर्नेसम्मका घटना उक्त कलेजमा हुने गरेको दाबी गरिन्।

नेकपा एमालेकी सांसद सुमित्रा बिसीले किट विश्वविद्यालयमा मृत्यु भएकी नेपाली छात्राबारे सत्यतथ्य छानबिनका लागि भइरहेको पहललाई तीव्रताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन्।

नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले किट विश्वविद्यालयमा हुने गरेको मृत्युका घटनामा विद्यार्थीलाई दोषी देखाएर त्यहाँको प्रशासन उम्किने गरेको आरोप लगाइन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP