Trending
flash विजयनगरकाे डगडईका आगलागी पिडितलाई राहत वितरण flash विजयनगरमा नि:शुल्क स्वास्थ्य शिविर, ३ सय ९३ जनाले सेवा लिए राजनीति सांसदलाई बजेट बाँडेर बदनाम नगराइदिनू : सांसदहरू flash दूधाधारी नमुना माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया राजनीति लमजुङमा साबित्रा भण्डारी ‘साम्बा’को स्तम्भ, चोकको नाम राखियो साम्बा चोक राजनीति सिमेन्टमा नेपाल आत्मनिर्भर छ, अब स्वदेशमै खपत बढाऔँः मन्त्री दाहाल खेल नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा राजनीति रवि लामिछानेको मुद्दा प्रधानन्यायाधीशको इजलासमा राजनीति सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरूको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप राजनीति २५ बुँदे घोषणापत्र : ‘सगरमाथा कल फर एक्सन’ मा के के छन् ?

नीति तथा कार्यक्रममा कांग्रेस नीति : आलोचनात्मक समर्थन

 

काठमाडौँ : नेपाली कांग्रेसले आफै सहभागी सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेर एमालेमाथि थप दबाब बढाउने नीति लिएको छ। कांग्रेसले विगतदेखि नै सरकारको कामकारबाहीप्रति प्रश्न उठाउँदै आएकोमा नीति तथा कार्यक्रमको आलोचनामार्फत दबाब बढाउने नीति लिएको हो।

खासगरी कांग्रेस संस्थापन इतर समूहले आफ्नै पार्टी सहभागी केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएको छ। यस्तो बेला संसद्‌बाटै नीति तथा कार्यक्रमलाई सहजै समर्थन नगर्ने भएको हो।

शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरेका थिए। बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममा कांग्रेस नझल्किएको, कांग्रेसका कार्यक्रमहरू छुटेको, ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा राखेर एमालेकरण गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले कि त ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा हटाउनुपर्ने, होइन भने कांग्रेसको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारा पनि थप्नुपर्ने बताएका थिए। उनको भनाइ थियो, ‘नीति तथा कार्यक्रममा समावेश समृद्ध नेपाल, सुखी नेपाली एमालेको नारा हो, सरकारको होइन। यसलाई संशोधन गर्नुपर्छ। होइन भने हामीले पनि समुन्नत नेपाल, सम्मानित नेपालीको नारा समावेश गराउनुपर्छ।’

पूर्वमन्त्रीसमेत रहेकी अर्की सांसद सीता गुरुङले पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा दोहोर्‍याएर एमालेकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएकी थिइन्। यसबाहेक अन्य सांसदहरूले पनि नीति तथा कार्यक्रम आँखा चिम्लेर समर्थन गर्न सकिने खालको नरहेको बताएका थिए।

यी विषय दुई दलीय उच्चस्तरीय संयन्त्रमा पनि उठोस् भनेर दलको बैठकमा राखिएको सहमहामन्त्री परियारले बताए। ‘हामी पनि सरकारमा भएको कुरा त (नीति कार्यक्रममा) अनुभूति हुनुपर्‍यो नि !’, थाहा खबरसँग उनले भने, ‘दुई पार्टी स्तरीय संयन्त्रमा पनि यी कुरा उठोस्, उचित सम्मान गरियोस् भन्ने हिसाबले कुरा उठाइएको हो।’

सदनमा प्रस्तुत भएकै दिन पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि नीति तथा कार्यक्रम उत्कृष्ट हुन नसकेको बताएका थिए। ‘नीति तथा कार्यक्रम परम्परागतभन्दा एक चरण अगाडि बढ्नुपर्थ्यो, त्यसमा केही कमी भएको छ’, सत्ता साझेदार हुनुको धर्म निभाउँदै उनले भनेका थिए, ‘तर समग्रमा राम्रो छ।’

कांग्रेसकै अर्का सांसद अर्जुननरसिंह केसीले पनि नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सृजना गर्न नसकेको टिप्पणी गरेका थिए। ‘कमजोर नै छ त भन्दिनँ। जुन खालको दह्रो आँटसहित यो समयसीमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो, त्यो मैले देखिनँ’, उनको भनाइ थियो।

संशोधन नै हाल्न भने रोक

वैशाख १९ गते संघीय संसद्का दुबै सदनमा पेस भएको आगामी आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथि सोमबारदेखि छलफल सुरु हुँदैछ। तर सरकारको नीति तथा कार्यक्रमप्रति चित्त बुझाइ नभए पनि कांग्रेस सांसदहरूलाई संशोधन भने हाल्ने छैनन्।

दलको बैठकमा कतिपय सांसद संशोधनसमेत हाल्न पछि नपर्ने मनस्थितिमा देखेपछि पार्टी सभापति शेरबहादुर देउवाले संशोधन नै चाहिँ नहाल्न भनेका छन्। आफ्नै दल सहभागी सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संशोधन हाल्दा गलत सन्देश जाने भन्दै त्यसो नगर्न उनले निर्देशन दिएका हुन्।

तर संशोधन नहाले यो विषय सदनमा सशक्त भएर उठाउने सहमहामन्त्री परियारले स्पष्ट पारे। ‘संशोधन नै चाहिँ नराख्ने कुरा भएको छ’, उनले भने, ‘तर हामीले हाम्रो कुरा दलको बैठकमा राख्यौं। अब सदनमा पनि यी विषय दह्रोसँग उठाउँछौं।’

आलोचना गरे पनि संस्थागत रूपमा कांग्रेसले नीति तथा कार्यक्रमलाई समर्थन भने गर्नेछ। संसदीय दलको निर्णयमा भनिएको छ, ‘नीति तथा कार्यक्रम देशको प्राथमिकतालाई केन्द्रमा राखी सुशासन प्रवर्द्धन गर्दै आर्थिक समृद्धि हासिल गर्ने, राष्ट्रिय तथा अन्ताराष्ट्रिय मञ्चहरूमा नेपालको भूमिकालाई प्रभावकारी र सशक्त बनाउने दिशामा निर्देशित रहेको देखिएको हुँदा यस नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा तथा रचनात्मक सुझावसहित समर्थन गर्ने।’

नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसाबले बजेट तर्जुमा गर्नुपर्नेमा पनि कांग्रेसले जोड दिएको छ। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘नीति तथा कार्यक्रम आयो तर कार्यान्वयनमा लैजान बजेटमा पनि त्यो समावेश हुनुपर्छ। त्यसकारण हामीले आगामी बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसाबले गरियोस् भनेका छौं।’

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP