काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार छानबिन गर्न माग गरेका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा उनले विमानस्थल ‘काले–काले मिलेर खाऊँ भाले’ भनिएजस्तो भएको टिप्पणी गरे।
सांसद नेपालीले त्यहाँको ब्रह्मलुटको पर्दाफास सरकारले गर्छ कि गर्दैन भन्दै प्रश्न पनि गरे। ‘एउटा उखान छ, काले–काले मिलेर खाऊँ भाले । पोखरा विमानस्थल यस्तै भएको छ’ उनले भने, ‘त्यहाँ भएको ब्रह्मलुटको पर्दाफास सरकारले गर्छ कि गर्दैन?’
सुरुदेखि नै पोखरा विमानस्थल स्वार्थ समूहले कब्जा गरेको दाबी सांसद नेपालीले गरे । ‘२ अर्ब २२ करोड ४० लाख बराबरको कर छुट, २ अर्ब २० करोड रुपैयाँ गैरकानुनी भुक्तानीले के संकेत गर्छ भने यो परियोजना सुरुदेखि नै केही स्वार्थ समूहले कब्जा गरेको थियो’, उनले भने, ‘दोषी सबैलाई कानुनी दायरामा ल्याइयोस्।’
थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया