Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कांग्रेसलाई एमालेको चुनौती : समस्या भयाे भन्ने लाग्छ भने सहमति खारेज गरे हुन्छ

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले सत्ता साझेदार कांग्रेसलाई गठबन्धनमा समस्या भएको भन्ने लागेको भए विघटन गर्न चुनौती दिएको छ। दुबै दलको सहमतिमा भएका विषयमा पनि एमालेलाई मात्रै दोषी बनाउन खोजिएको भन्दै संसद्‍बाटै कांग्रेसलाई एमालेले सहमति खारेज गर्न भनेको हो।

सोमबारको प्रतिनिधिसभाको विशेष समयमा एमाले सांसद सूर्य थापाले कांग्रेस विरुद्ध आक्रोश पोख्दै यस्तो चुनौती दिएका हुन्। ‘विमतिमा एउटै काम भएको छैन। तरै पनि अखबारबाजी भएको देख्छु, एमालेकरण भयो’, उनले भने, ‘म सोध्न चाहन्छु, कसरी यसो भयो ? यदि संयन्त्रमा, अभ्यासमा समस्या भयो भन्ने लागेको छ भने प्रमुख नेताहरू बसेर खारेज हुन्छ, विघटन गरे हुन्छ। तर अस्थिरतालाई मलजल गर्ने काम सत्ता साझेदार कसैबाट पनि हुनुहुन्न।’

खासगरी विद्युत् प्राधिकरण प्रमुखबाट कुलमान घिसिङ र राज्यमन्त्री हटाइएको विषय जोडेर सांसद थापाले यस्तो बताएका हुन्। उनले स्वयं कांग्रेसको प्रतिनिधित्व गर्ने ऊर्जामन्त्री दीपक खड्कको प्रस्तावमा कुलमानलाई हटाइएको भएपनि गाली र दोष प्रधानमन्त्री ओलीमाथि थोपरिएको सांसद थापाले बताए।

‘विद्युत् प्राधिकरणका एक जना कर्मचारीलाई हटाइयो । ऊर्जामन्त्रीले धेरै पटक स्पष्टीकरण सोध्नुभयो, दिनुभएन। पटक–पटक सोध्नुभयो। अन्तिममा हटाउनुभयो । ठिक गर्नुभयो वा बेठिक त्यतातिर बोलिन’, उनले भने, ‘तर ऊर्जमन्त्रीले कांग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ कि हुन्न ? बठबन्धन सरकारको अभ्यास कस्तो हुन्छ, हेक्का छैन र ? ऊर्जामन्त्रीको प्रस्तावमा उहाँ (कुलमान) हट्नुभो। गाली र दोष प्रधानमन्त्रीलाई ?’

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP