Trending
राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु राजनीति जलवायु परिवर्तन : प्रवासी चराको बसाइँसराइ प्रभावित बन्दै

समस्या व्यवस्थामा होइन, आर्थिक नीतिमा छ : पूर्वमन्त्री बस्नेत

 

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले मुख्य समस्या आर्थिक नीतिमा रहेको बताएका छन्।

प्रतिनिधिसभामा सोमवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन्। उनले नीति तथा कार्यक्रमले नेपालको अवस्था, आवश्यकता, अवसर र चुनौतीलाई वस्तुपरक ढङ्गले सम्बोधन गर्न नसकेको बताए।

उनले नीति तथा कार्यक्रम समस्याको केन्द्रमा पुग्नै नचाहेको आरोप लगाउँदै यसले समाधान निकाल्छ भन्नेमा विश्वस्त हुन नसकिने टिप्पणी गरे। पूर्वमन्त्री रहेका बस्नेतले समस्या नीति, संस्थागत व्यवस्थापन, विकास मोडल, शैली र आचरणमध्ये कुनमा हो भनेर त्यसको निरूपण गर्नुपर्ने बताउँदै त्यसो हुन नसक्दा बुझाइमा विविधता देखिँदै आएको जिकिर गरे।

उनले मुख्य समस्या आर्थिक नीति, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बुझ्ने कुरा र संवैधानिक व्यवस्था र हामीले अभ्यास गरिरहेको अर्थ राजनीतिक बीचको सामञ्जस्य कायम राख्न नसक्नुमा रहेको उनले स्पष्ट पारे।

बस्नेतले भने, ‘मूल समस्या व्यवस्थामा होइन, न त मात्र व्यक्तिको आचरणमा। समस्या हाम्रो आर्थिक नीतिमा छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बुझ्ने कुरामा छ।’

उनले अहिलेको नीति तथा कार्यक्रम निराशाजनक रहेकाले यसले निकास दिन नसक्ने बताए।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP