Trending
स्वास्थ्य नेपाल डब्ल्यूएचओको कार्यकारी समितिको सदस्यमा निर्वाचित राजनीति रवि लामिछानेको रिटमाथि सुनुवाइ सकियो, आदेशको तयारी साहित्य ‘सार्वणि’ उपन्यासलाई तानसेन प्रज्ञा उत्कृष्ट कृति पुरस्कार! अपराध देशभर लागुऔषधको समस्या विकराल, रचनात्मक सहयोग गर्न प्रहरीको आपिल राजनीति दैनिक ५० औँ लाख भ्रष्टाचार गर्ने विरूद्ध हामीले गम्भीर निर्णय लिनुपर्ने बेला आयो : प्रचण्ड राजनीति एआईको दुरुपयोग रोक्न आवश्यक : मन्त्री पन्त राजनीति लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक समाज के फेरि कोभिड संक्रमणको जोखिम बढेको हो? flash भन्सार सेटिङ : मोटा चामल देखाएर मसिनो चामल भित्र्याउदैँ flash जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु ट्राफिक नियम तोड्नेलाई भिडियोका आधारमा कारबाहीजिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु

सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ : माधव नेपाल

 

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको भन्दै विकल्प खोज्नुपर्ने बताएका छन्।

संसद भवन परिसरमा सञ्चारकर्मीसँग अध्यक्ष नेपालले विकल्प खोज्नुपर्ने बताएका हुन्। वर्तमान सरकारले अहिलेको व्यवस्था जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमूल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुची नदेखाएको उनको आरोप छ।

अध्यक्ष नेपालले परम्परा धान्ने गरी मात्र सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए। उनले सरकार परिणामविहीनमात्र नभइ उद्देश्यविहीन हुन पुगेको जिकिरसमेत गरे। सरकारको विकल्प खोज्नुपर्ने भए पनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने निराशा पनि उनले व्यक्त गरे।

‘सरकार फेरबदलभन्दा पनि परम्परा धान्नेगरी केही न केही त ल्याउनैपर्छ भनेर नीति र कार्यक्रम प्रस्तुत गरिएको छ। विगतमा जसरी सरकार परिणामविहीन थियो, अब उद्देश्यविहीन पनि भएको अवस्था छ। विगतका राम्रा कुरालाई पनि छोडेको छ‚’ अध्यक्ष नेपालले भने, ‘पुराना कुराहरुको पुनरावृत्ति पनि गरेको छ। गतिहिन र यथास्थितिवादी अवस्थामा छ। यो सरकारको विकल्प त खोज्नुपर्छ तर विकल्प खोजेर पार लाग्दैन। किनभने दुईवटा पार्टी मिलेसम्म सरकार कसैले बनाउन सक्दैन। यो मुलुकको निम्ति बोझ बनेको छ।’

अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोपसमेत लगाए।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP