Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

पोखराबाट देशकै अरू शहरमा उडान गर्नेबारे छलफल

पोखरा : पोखरा अन्ताराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न शहरमा सिधा हवाई सेवा सञ्चालनको सम्भावनाबारे छलफल भएको छ।

पोखरा महानगरको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीबीच छलफल भएको हो।

छलफलमा मन्त्री पाण्डेले पोखराको विमानस्थलबाट सम्भाव्य आन्तरिक गन्तव्यमा नियमित उडान सञ्चालन गर्न सेवाप्रदायकहरूलाई आग्रह गरे। सरकारका तर्फबाट आवश्यक नीतिगत सहयोग गर्ने उनले बताए। पोखराबाट नियमित बाहेक अन्य नयाँ गन्तव्यमा पनि उडान सञ्चालन गर्न सके पर्यटकीय गतिविधि चलायमान हुने उनले विश्वास व्यक्त गरे।

पोखरा महानगरका प्रमुख आचार्यले सातवटै प्रदेशका विमानस्थलमा हवाई सेवा सञ्चालनको व्यवस्थापन गर्न निजी वायुसेवा प्रदायकलाई आग्रह गरे।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले पोखरा अन्ताराष्ट्रिय विमानस्थलका सन्दर्भमा पछिल्लो पटक चर्चामा आएका विषयवस्तु कपोलकल्पित र भ्रामक रहेको टिप्पणी गरे।

छलफलमा बुद्ध एयरका अपरेशन डाइरेक्टर सुवर्ण खरेल, यती एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पा, श्री एयरलाइन्सका अध्यक्ष सुधीर मित्तल, समिट एयरका मनोज कार्की लगायतले आफूहरू सेवाका लागि तयार रहेको बताएका छन्।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछाने, पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिना, वडा नं.१७ की अध्यक्ष राधिकाकुमारी शाही योगी, पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य वासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ लगायत क्यानका अधिकारी सहभागी थिए।

थाखा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP