Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रधानमन्त्रीज्यूलाई सञ्चारमाध्यमले ‘तिमी’ भनेको मन पर्दैन!

 

–हाम्रो टेलिभिजनले कसैलाई तपाईँ भन्नै जान्दैन। तपाईँ भन्ने नेपाली शब्दको भाषै हराइसक्यो। बाउलाई पनि तिमी, हजुरबालाई तिमी, हजुरआमालाई पनि तिमी। यो त नेपाली संस्कृतिभित्र पर्दैन। (२०७६, असार ३ मंगलबार, सिंहदरबार)।

–पत्रकारले बुवालाई पनि तपाईँ भन्दैनन्, तिमी भन्छन्। अंग्रेजीको लोभमा यो सबै भएको छ। एउटा ‘यू’ शब्दको लोभले बुवालाई तपाईँ भन्न छाडेका छन्। यो सबै डलरवाला, ‘यू’ वालाहरू ‘यू’ बाटै सबै मिलाउँछन्। २०७६ असोज २८, प्रज्ञा प्रतिष्ठान)।

–राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन। राजा हुँदा हेर्दैनथे नजर गर्थे, हिँड्दैनथे, सवारी हुन्थ्यो‚ खाँदैनथे ज्यूनार हुन्थ्यो, सुन्दैनथे, श्रवण गर्थे। राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने?’ (२०८२ वैशाख २४ गोरखापत्र दैनिकको वार्षिकोत्सव)।

प्रधानमन्त्री केपी शर्मा ओलीले ६ वर्ष अवधिमा फरक–फरक स्थानमा नेपाली मिडियाको भाषाबारे गरेको टिप्पणी वा आलोचना हुन् यी। यसअघि र यसबीचमा मिडियासम्बन्धी कार्यक्रममा वा त्यसबारे चर्चाचल्नेवित्तिकै उनी नेपाली मिडियाप्रति खनिइहाल्छन्।

नेपाली सञ्चारमाध्यमले तिमी भनेकोमा उनी वषौँदेखि रुष्ट छन्। प्रधानमन्त्रीको गुनासो मुख्यरूपमा तीन किसिमले देखिन्छ। पहिलो नेपाली सञ्चारमाध्यमले आदरार्थी शब्द बिर्सिए। दोस्रो अंग्रेजीको ‘यू’ नक्कल गरेर सबैलाई तिमी भने। तेस्रो राजा छँदा उनलाई मौसूफ गरिबक्सन्थ्यो शब्द प्रयोग गर्ने पत्रकारले अहिले तपाईँ भन्न किन बिर्सिएको?

निजी सञ्चारमाध्यम र पत्रकारको आलोचना गर्दैगर्दा उनले वैशाख २४ गते उनले गोरखापत्रको प्रशंसा गर्न भुलेनन्। भाषा गोरखापत्रको जस्तो हुनुपर्ने बताए।

भाषाको सन्दर्भमा उनले गुनासो पोखेको अहिले मात्र होइन यसअघि विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा पनि उनले पटक–पटक यो विषय दोहोर् याएका थिए। राष्ट्रपतिको नाम लिने गरे पनि आफूलाई तिमी भनेकोप्रति उनको तीव्र असन्तुष्टि रहेको बुझ्न गाह्रो छैन।

प्रधानमन्त्रीको निरन्तरको गुनासोलाई विश्लेषण गर्नुअघि नेपाली भाषामा आदरार्थीको प्रयोग कसरी हुन्छ भन्ने बुझ्न आवश्यक छ।

नेपाली भाषामा तँ, तिमी र तपाइँ-हजुर । तँ- निम्न आदर (आदररहित) । तिमी- मध्यम आदर । तपाईँ उच्च आदरार्थी । यसबाहेक विशेष आदरार्थीको रूपमा ‘यहाँ’ र ‘आफू’ लाई राखिएको छ। ‘हजुर’ उच्चतर आदरार्थीको रूपमा प्रयोग हुन्छ। ‘मौसूफ’ उच्चतम आदरार्थीको रूपमा प्रयोग हुन्छ। पत्रकारितामा विशेषगरी मध्यम र उच्च आदरार्थीको प्रयोग गरिन्छ।

नेपाली मूलधारका पत्रिका कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्टलगायतले मध्यम आदरार्थी (तिमी) प्रयोग गर्दै आएका छन्। उनीहरू सर्वसाधारणदेखि प्रधानमन्त्री राष्ट्रपतिसम्मलाई तिमी सम्बोधन गर्छन्। उनीहरू ‘राष्ट्रपतिले बताए’ ‘प्रधानमन्त्रीले गरे’, लेख्छन्।

सरकारी सञ्चारमाध्यम गोरखापत्र, निजी क्षेत्रको नेपाल समाचारपत्र र हिमालय टाइम्सले उच्च आदरार्थी (तपाईँ) प्रयोग गर्छन्। ‘राष्ट्रपतिले गर्नुभयो’, ‘प्रधानमन्त्रीले बताउनुभयो’ लेख्छन्।

नेपाल टेलिभिजनका साथै कान्तिपुर, हिमालय, एपी वानलगायत टेलिभिजनले ‘तपाईँ’ प्रयोग गर्छन्। धेरैजसोले समाचारमा तपाईँ प्रयोग गरे पनि रिपार्टमा तिमी नै प्रयोग गर्छन्। एभिन्यूज र न्यूज २४ लगायत टेलिभिजनले ‘तिमी’ प्रयोग गर्छन्।

रेडियोतर्फ सरकारी स्वामित्वलगायतको रेडियो नेपाल, थाहासञ्चार नेटवर्क, रेडियो कान्तिपुर र रेडियो अन्नपूर्णलगायतले ‘तपाईँ’ प्रयोग गर्छन्। केही रेडियोले तिमी भन्छन्।

समाचारवाचनका क्रममा (अप्रत्यक्षरूपमा) तिमी अर्थात् मध्यम आदरार्थी प्रयोग गरिए पनि प्रत्यक्ष कुराकानीका क्रममा उच्च आदरार्थी अर्थात् तपाईँ नै प्रयोग हुन्छ। कसैले तिमी भन्दैनन्। बरु राष्टपति, प्रधानमन्त्री र मन्त्रीजस्ता उच्चपदस्थसँगको कुराकानीमा ‘ज्यू’ ले सम्मान गरिन्छ। कुराकानी सकेर अतिथि विदा भएसँगै, ‘उनी थिए फलानो’ भनिन्छ।

कुनै सञ्चारमाध्यमको भाषा कस्तो हुने भन्ने त्यस संस्थाको शैलीपुस्तिकाले निर्धारण गर्ने तत्कालीन राष्ट्रपति डा. रामवरण यादवका प्रेस सल्लाहकार तथा वरिष्ठ पत्रकार राजेन्द्र दाहाल बताउँछन्। कसैले यस्तै हुनुपर्छ भनेर भन्न वा निर्देशन दिन नमिल्ने तर्क उनी गर्छन्, ‘हरेक प्रकाशन/प्रसारण संस्थाले आफ्नो भाषा कस्तो बनाउने, कसलाई कस्तो क्रियापद प्रयोग गर्ने भन्ने शैली पुस्तिका बनाएको हुन्छ’, उनी भन्छन्, ‘त्यसैअनुसार त्यहाँको भाषा निर्धारित हुन्छ। सरकारी माध्यमले गरेको जस्तै निजीले पनि अपनाउनुपर्छ भन्ने छैन।’

मिडियाको भाषाप्रति प्रधानमन्त्रीको बारम्बारको असन्तुष्टि उपयुक्त नरहेको उनी बताउँछन्। उनको गुनासो वा आक्रोश तर्कपूर्ण नै नरहेको दाहालको भनाइ छ। ‘उहाँले झण्डै एक दशकदेखि त्यही कुरा दोहोर् याइरहनु भएको छ, तर सञ्चारमाध्यमले अपनाएका छैनन्’, उनी भन्छन्, ‘आवश्यक वा तर्कपूर्ण भए सञ्चारमाध्यमले अपनाइहाल्थे नि।’

भाषा समाजको बेग हो भएकाले यस्तै बनाउनुपर्छ भन्ने भनाइ सही नहुने दाहाल बताउँछन्। मानिसलाई बोल्न र सुन्न सहज हुने किसिमले भाषा बगिरहने उनको बुझाइ छ।

नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल राष्ट्रपति र प्रधानमन्त्रीले ‘तिमी’ भनेर सञ्चारमाध्यमले आफूलाई हेपेको रूपमा बुझ्न नहुने बताउँछन्। मध्यम आदरार्थीले तिमी शब्दले समाजका सबै तहलाई समेट्ने भएकाले प्रयोग गरेको उनी बताउँछन्। तिमी शब्द निकटता, हार्दिकता र समानता झल्काउँछ’, उनी भन्छन्, ‘समाजका सबै तप्काका मानिसलाई समेट्न ‘न्यूट्रल’ आदरार्थी प्रयोग गरिएको हो।

प्रधानमन्त्रीले भनेजस्तो अंग्रेजी शब्दको ‘यू’को अनुकरण गरेर सबैलाई ‘तिमी’ बनाएको पत्रकार स्वीकार गर्दैनन्। लुइँटेल ‘संविधान वा कानूनका ठेलीमा पनि ‘राष्ट्रपति वा प्रधानमन्त्रीले गर्नेछन्’ भन्ने व्यहोराको भाषा प्रयोग भएको स्मरण गराउँछन्।

राजतन्त्र छँदा बाध्यताका रूपमा मौसूफ गरिबक्यिोस् जस्ता शब्द प्रयोग गरिएको लुइँटेल सम्झिन्छन्। लोकतान्त्रिक व्यवस्थाका प्रधानमनत्रीले निरंकुश व्यवस्थाको उदाहरण दिनु उपयुक्त छैन’, उनी भन्छन् ‘त्यो वेला त यस्तो भन्थ्यौ त भनेर व्यंङ्ग्य गर्नु औचित्यपूर्ण होइन।’

उच्चपदस्थलाई समेत समेट्ने बताउँछन् एउटै सञ्चारमाध्यममा कसैलाई तपाईँ, कसैलाई तिमी भन्दा उपयुक्त नदेखिने भएकाले नेपाली सञ्चारमाध्यमले मध्यममार्ग अपनाएको बताउँछन्।

भाषाविद् शरच्चन्द्र वस्तीको मत भने फरक छ। पत्रकारिता समाजकै ऐना भएकाले त्यहाँ प्रयोग भएका आदरार्थी प्रयोग गर्न हिच्किचाउन नपर्ने उनको तर्क छ। कसलाई कस्तो आदरार्थी प्रयोग गर्ने भन्ने विवेक सञ्चारमाध्यम वा पत्रकारमा हुनुपर्ने उनी बताउँछन्। ‘पत्रकारिता समाजकै ऐना हो भने त्यही समाजमा प्रयोग हुने आदरार्थी प्रयोग गर्न किन हिच्किचाउने?’उनी प्रश्न गर्छन्, ‘समाजमा जस्तो व्यवहार छ, मिडियामा त्यो प्रतिविम्बित हुनुपर्छ।’ पत्रकार अल्छी हुँदै गएकाले ‘सबैलाई एकै किसिमको आदरार्थी प्रयोग गरुँ न’ भन्ने मान्यता बसेको उनको बुझाइ छ।

एक छिनअघिसम्म ‘तपाईँ’ भनेर कुरा गरिराखेको व्यक्तिसँग विदा हुनेवित्तिकै ‘तिमी’ हलुवामा बालुवाजस्तै बिझाउने तर्क पनि गरिन्छ। गोरखापत्र दैनिकले २०७६ कात्तिक ७ गते पत्रकारितामा आदरार्थी शब्द शीर्षकमा सम्पादकीय लेखेको थियो, त्यसको एक अंश यस्तो छ, ‘कुनै पनि नेपाली पत्रकारले विशिष्ट व्यक्तिलाई उहाँहरूको सामुन्ने कुराकानी गर्दा ‘तिमी’ भन्न सक्छ भने पत्रकारितामा पनि ‘तिमी’ लेख्न सुहाउँछ। अहिले नै त्यसो गर्ने साहस कुनै पनि पत्रकारले किन राख्दैनन् भने उनीहरू समाजका सदस्य भएकाले सामाजिक कानून, मान्यता वा परम्परामा बाँधिएको सत्य व्यवहारतः स्वीकार गर्छन्। त्यही पत्रकारले प्रश्न गर्दा ‘तपाईँ’ भन्छ र लेख्न बसेपछि ‘तिमी’ उल्लेख गर्छ भने यो दोहोरो चरित्र पत्रकारिताको धर्म र मर्म हुन सक्दैन।’

तर सम्पादक लुइँटेल मध्यम आदरार्थी ‘तिमी’ले हार्दिकता वा समानताको झल्को दिने उनी बताउँछन्। व्यक्तिले आफूले मानेका भगवानलाई समेत ‘तिमी’ भनेर पुकारा गर्ने उनको तर्क छ। ‘हामी भगवानसँग पुकारा गर्दा वा गुनासो राख्दा यस्तो गरिदेऊ किन गरिदिएनौँ जस्ता भाषा प्रयोग गछौँ, उनी भन्छन् ‘तर प्रधानमन्त्रीज्यूलाई किन यस्तो लाग्छ र पटकपटक यही कुरा दोहोर्‍याई रहनुहुन्छ? यसमा उहाँले हेपेको सम्झिनु वा मन दुखाउनुपर्ने कुरा केही छैन।’

निरंकुश व्यवस्था ठिक भएन भनेर लोकतन्त्र र गणतन्त्र आएको सन्दर्भमा पुरानै भाषाको अपेक्षा गर्नु ठिक नभएको सप्पादक लुइँटेल बताउँछन्। राजतन्त्रकै वेलाजस्तो भाषाको अपेक्षा गरेको भए प्रधानमन्त्रीसँगको व्यक्तिगत भेटमा रहर पूरा गरिदिने उनको भनाइ छ। ‘प्रधानमन्त्रीज्यूले त्यो अपेक्षा गर्नुहुन्छ भने व्यक्तिगत भेटमा हामी गरिबक्सियोस्, ज्यूनार होइबक्सियोस् जस्ता भाषा प्रयोग गर्न पनि सकिएला। तर कम्तीमा सञ्चारमाध्यममा उहाँले त्यस्तो अपेक्षा गर्नुभएन।’

भाषाशास्त्री भने भाषाको मर्यादा नराख्दा अन्तर्राष्ट्रिय क्षेत्रमै लज्जित हुनुपर्ने अवस्था आउनसक्ने तर्क गर्छन्। नेपाली भाषा अध्ययन गर्ने क्रममा कुनै विदेशीले हामीले उच्चपदस्थ व्यक्तिलाई प्रयोग गर्ने गरेको भाषाको बारेमा औँला उठाए भने के भन्ने?’, वस्ती भन्छन्।

तर वेलावेला राजनीतिज्ञले उठाउने भाषाका कुरा यसको माया लागेर वा जोगाउने सन्दर्भमा नभएको उनी बताउँछन्। ‘सञ्चारमाध्यम वा पत्रकारको भाषामाथि औँला उठाउने राजनीतिज्ञले आफूहरूले एकअर्काप्रति गरको भाषा कतिको सभ्य छ सोच्नुपर्छ’, उनी भन्छन्। तर भाषा जोगाउन भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्ने उद्देश्यका साथ आउने राजनीतिज्ञको गुनासो वा असन्तुष्टिको अर्थ नहुने उनी बताउँछन्।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP