Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

यथास्थिति भत्काउने र रुपान्तरित क्रान्ति गर्न खोज्दा प्रतिक्रियावादी हामीविरुद्ध लागे : प्रचण्ड

 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थिति भत्काउने र रूपान्तरित क्रान्तिलाई अगाडि लैजान खोज्दा आफूहरूमाथि षड्यन्त्र भएको बताएका छन्। २५औं निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई शनिवार केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर लैजाने चुनौती रहेको पनि औंल्याए। त्यसका लागि लागिपर्दा पार्टी र नेतृत्वविरुद्ध हमला हुने गरेको उनको भनाइ छ।

‘फेरि कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर लैजाने चुनौती हाम्रोसामू छन्। त्यसविरुद्ध लड्ने संकल्पसहित विचार, मुद्दा, वर्ग र समुदायलाई केन्द्रित गरेर एकचोटी यथास्थिति भत्काउने र रुपान्तरणसहित समाजवादी क्रान्तिको तयारीलाई अगाडि लैजान खोजेका छौं। यसो गर्न खोजेबापत प्रतिक्रियावादी, अवसरवादी र षड्यन्त्रकारी हाम्रो विरुद्ध लागेका छन्’, उनले भने, ‘यो स्वभाविक रुपले भइपनि राख्छ। यो कुरा पनि हामीले गहिरो गरी बुझ्न जरुरी छ। त्यो पार्टी र लिडरसीपमा प्रतिक्रियावादी, अवसरवादीले अन्य किसिमले हमला गर्छन्। सबै त्यसमा सचेत हुनुपर्ने हुन्छ।’

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP